नेकपा एकिरण तर्फ हो कि बिभाजन उन्मुख

नेपाल कम्युनिष्ट पार्टीले दाङका ३ जना कम्युनिष्ट शहीदलाई सम्झने निहुमा दुई गुटमा बिभाजीत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल गुट प्रस्ट रुपमा बिभाजीतकै संकेत देखिने गरि छुट्टाछुट्टै कार्यक्रम गरी शहीदलाई सम्झिएका छन् । विक्रम संवत २०५१ सालमा दाङको विजौरीमा भएको गोलीकाण्डमा मारिएका शहीदहरू नारायण चौधरी, कुष्ण चौधरी र पुष्प घिमिरेको सम्झना दुई स्थानमा गरेका छन् । ओली पक्षधरले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित जनता विद्यापिठमा कार्यक्रम गरेको थियो  भने वरिष्ठ नेता नेपाल समूहले तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति दिवस आयोजना गरेको थियो । शहीदको स्मृतीमा जनप्रतिनिधिहरु र तत्कालन नेकपा माआबोदीका नेताहरु समेत बिभाजीत भएका थिए । नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी, एमाले पूर्व जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुरका मेयर घनश्याम पाण्डे, एमाले दाङका संस्थापक नेताद्धय शोभाराम बस्नेत, छविलाल वली, पूर्व माओवादी केन्द्र दाङका सचिव रामजी चौधरी (मिलन), तुलसा केसी, पदम केसी लगाएतले तुलसीपुर उद्योग बाणिज्य संघको हलमा सम्वोधन गर्नुभएको थियो । विजौरीमा आयोजित स्मृति दिवसलाई नेकपा केन्द्रीय सदस्य भागवत विश्वासी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, प्रदेशसभा सदस्य उत्तरकुमार वली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्य, दाङ जिल्ला अध्यक्षका लागि सिफारिस गरिएका शिवकुमार आचार्य, माओवादी केन्द्रका जिल्ला संयोजक तथा हाल जिल्ला सचिवको लागि सिफारिस गरिएका सुवाश पुन, युथ फोर्स नेपालका ५ नं. प्रदेश संयोजक मनोहर बुढाथोकी, शेषुराम भण्डारी, सरस्वती गौतम, सहजराज यादव,शहिद पत्नी विष्णु पौडेल लगाएतले सम्वोधन गर्नुभएको थियो । एउटै पार्टी भित्रैका गुटगत राजनीतिले नेकपा भित्रको वर्तमान अबस्था उदांगो भएको दाङबासीको प्रतिक्रिया छ ।
 

प्रतिकृया दिनुहोस