समाचार

    मौलिक संस्कृति संरक्षणका लागि पत्रकारले खेलेको देउसी भैलो देख्दा राज्यमन्त्रि चौधरी खुसी

    दाङ,४ कार्तिक
     
    देउसी भैलोको मौलिकता हराउदै गएको भन्दै श्रम तथा रोजगार राज्यमन्त्रि डिल्लीबहादुर चौधरीले चिन्ता ब्यक्त गर्नुभएको छ । झन पछि झन समुदायको पुरानो मौलीकता हराउदै गएको राज्यमन्त्रि चौधरीको भनाई छ । तिहारको अवसरमा घरआँगनमा देखिने सोरठी, पैस्यारु, टप्पा, वनगारी लगायतका नृत्य भुले झै भयो,उहाले बताउनुभयो । क्रियासील पत्रकारहरुले तुलसीपुरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमलाई निवासमा स्वागत गर्दै राज्यमन्त्रि चौधरीले समाजलाई सकारात्मक परिवर्तन गर्न पत्रकारहरुले खेलको भूमिका अब संस्कृत संरक्षणमा लाग्दा खुसी भएको बताउनुभयो ।भैलोेमा तोकेरै पैसा असुल्ने, पश्चिमेली संस्कृतिका गीतमा नाच्ने बढ्दो क्रममा भएकाले देउसी भैलोका साथ घर आँगनमा आएको पत्रकार गणेश आचार्यले बताउनुभयो ।देउसी भैलोमा बजाईने मादल, बाँसुरी, खैँजडी लगायतका बाँजाको माध्यमले देउसी भैलो सञ्चालन गरेको पत्रकार आजाद खड्का,महिला पत्रकार निरला गैरे,यमकमला भण्डारीले बताउनुभयो । गीत संगीतमा पश्चिमाको गन्ध बढी आउन थालेपछि पत्रकारहरुले थोरै भएपनि अभियानको रुपमा तिहारको समयमा भैलो मार्फत अभियान सञ्चालन गरिएको उहाहरुको भनाई छ । हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कृयाशील पत्रकारले परम्परागत भैलो खेलेका छौ, पत्रकार गोपाल शर्मा भट्टराई र मानव अधिकारकर्मी निर्मल नेपालीको दाबी छ । मौलिक संस्कृतीको संरक्षण गर्ने अभियानसगै सधै ब्यस्त हुने पत्रकारहरु संगठीत भई तिहारको तीन दिन मनोरञ्जन गर्दा रमाईलो पनि हुने बताउनुहुन्छ ।परम्परागत संस्कृतीको संरक्षण गर्ने उदेश्यले खेलिएको भनिएको पत्रकारहरुको देउसी भैलो,देउसी भैलोको भिडमा छुट्टै अनुभूति हुने खालको भन्नेको कमि पनि छैन । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal