टाउकोमा गोली लागि घाइते लोपोन्मुख जंगली जनावर हुँडारको जीवितै उद्दार


डिभिजन बन कार्यालय दाङले संरक्षण सूचीमा सूचीकृत लोपोन्मुख जंगली जनवर हुँडारको जीवितै उद्दार गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ रझेनामा टाउकोमा चोटपटक लागेको घाइते अवस्थामा जंगली जनावर देखिएको भन्ने स्थानीयहरुले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय, घोराही तुलसीपुर सव डिभिजन वन कार्यालय, दोघरेबाट गएको संयुक्त गस्ती टोलीले घटना स्थलमा पुगेर हुँडारको उद्दार गरेको हो । 

टाउकोमा छर्रा गोली लागि घाइते अवस्थामा पल्टीरहेको भाले हुँडारको बुधबार उद्दार गरिएको डिभिजन बन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भएको छ । घटनास्थलमा छटपटाइरहेको घाइते हुँडारलाई औषधोपचार एवं आवश्यक व्यवस्थापनका लागि आपत्कालीन उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको छ । घटनामा संलग्न भएकाहरुको बोरमा स्थानीयसँग सोधपुछ गर्दा उनीहरुले पनि आफूहरुलाई थाहा नभएको जवाफ दिएका छन् । घटनाको विषयमा विस्तृत छानविन एवं अनुसन्धान कार्य भइरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो ।
 

प्रतिकृया दिनुहोस