प्रदेश ५ को कोरोना संक्रमित अपडेट : कपिलबस्तुमा थप ३ समेत गरि संक्रमितको संख्या ३० पुग्यो

पछिल्ला थप तीनजना संगै प्रदेश पाँचमा मात्रै कोरोना संक्रमितको संख्या ३० पुगेको छ । प्रदेश ५ का तीन जिल्लामा समेत गरि कोरोना संक्रमितको संख्या  ३० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान ८ बजेसम्म बाँके जिल्लाको नेपालगन्जमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १९ वैशाखमा नेपालगन्ज र रुपन्देहीमा एकै दिन संक्रमण भएको पुष्टि भए पनि रुपन्देहीमा संक्रमित संख्या स्थिर छ । नेपालगन्जमा भने संक्रमीतको संख्या क्रमशः वढ्दै गएको छ ।  

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै मन्त्रालयले परीक्षणका दायरा फराकिलो बनाउने भएको छ । शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको हो ।

पछिल्लो संक्रमण देखिएकामध्ये तीन जना कोरोनाको हटस्पट भनिएको उदयपुर भुल्केका हुन्। १८, ४५ र ६४ वर्षीय महिला रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै कपिलवस्तुका तीन जना छन् । जसमा १७ र दुई जना १८ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो। एक जना भने पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुष हुन् । शुक्रवार बाँकेका एक १६ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको थियो। 

प्रतिकृया दिनुहोस