बिपतमा रेडक्रसको भूमिकाको चर्चा गर्दै बिश्व रेडक्रस दिवस

रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि रेडक्रस दिवस मनाइँएको छ । दिवसका अवसरमा नेपालमा पनि कोभिड १९ तथा लकडाउनको बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनार्इँएको हो । 
नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले बिश्व रेडक्रस दिवसमा कार्यक्रम गरेको छ । शाखा सभापति नारायण आर्चायको अध्यक्षता एबम शाखाका संस्थापक मन्त्री नवराज रजौरेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । त्यसअवसरमा कोरोना भाईरस संक्रमणले महामारिको रुप लिईरहदा रेडक्रसले क्वारेन्टाईन,आईसोलेसन निर्माणमा गरेको सहयोग र स्वयम सेवक परिचालन गरेको बिषयमा प्रशंसा ब्यक्त गरिएको थियो । कार्यक्रममा जिल्ला सदस्इ भीमलाल मराससिनी,नरेशजंग राणा,उरहरी उपशाखाका सभापति लेखराज बस्नेत,थम्मन चौधरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण रेडक्रस दाङ शाखाका मन्त्री प्रकास श्रीबन्दले गर्नुभएको थियो ।।
रेडक्रसको सङ्गठन अहिले एक सय ९२ देशमा छ । अहिले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यमा साझा अवधारणा बनाइ अभियान सञ्चालन भएका छन् । विश्वभर रेडक्रसका एक करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्य लगायतका काम गर्दै आएको रेडक्रसले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस