समाचार

    सिमेन्ट उद्योगमा माटोले परिएर दुई मजदुरको मृत्यु

    दाङ,२ कार्तिक
     
    सोनापुर सिमेन्ट उद्योग दुधरास दाङमा माटोले पुरिएर कञ्चनपुर कृष्णनगर नगरपालिका वडा नम्वर ९ घर भएका २४ बर्षिय अमरसिह राना र भारतको बङाल राज्य गुरुदवान रामग्रामका सवीन हुेसनको मृत्युभएको छ ।मेसिनमा माटो अड्किएपछि माटो हटाउन गएका राना र हुसेनको मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।दुधरास स्थीत उक्त सिमेन्ट उद्योगमा कार्यरत ती दुई मजदुरको माटो हटाउने क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा चन्द सिँहले जानकारी दिनुभयो ।माटो हटाउदा सेफ्टी बेल्ट लगाउनु पर्नेमा नलगाउदा असाबधानीका कारण ती दुई मजदुरको ज्यान गएको प्रारम्भीक अनुसन्धानले जानकारी आएको प्रहरीको भनाई छ ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal