समाचार

    बाढीपीडितका लागि सुत्केरी महिलाको सक्रियतामा पोर्चुगलबाट तिहार खर्च

    दाङ,१ कार्तिक
     
     
    बैदेशीक रोजगारका लागि पोर्र्चुगलमा बस्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की लक्ष्मी पुनले १७ जना बाढीपीडित परिवारहरुलाई तिहार खर्च पठाई दिनुभएको छ ।
    गत बर्षातमा आएको बाढीकारण पीडित भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६, ७, ११ र १३ नम्वरका विपन्न समूदायका परिवारलाई ६३ हजार रुपैया आमा लीला पुन मार्फत बितरण गरिएको हो । तुलसीपुर ६ का अपाङ सरीता सार्कीले तिहार मनाउन ३ हजार रुपैया प्राप्त गरेको भन्दै खुसी हुनुभयो । सार्बजनीक सवारी साधनको ठक्करबाट घाईते भएको केही समय पछि गत साउनमा आएको भिषण बर्षातले घर ढलेपछि आफु दुखी भएको बताउनुभयो । तिहार मनाउन समुन्द्रपारबाट आफुले नचिनेको मान्छेले पैसा पठाईदिएको सुन्दा खुुसी हुदै भन्नुभयो,तिहार पनि मनाउछौ,खुट्टाको घाउ निको पार्न ओखती पनि किन्ने योजना उहाले सुनाउनुभयो । श्रीमान बालाराम मजदुरीमा जानुभएको बताउने सरीताले घर ढले देखि छिमेकीको घरमा आश्रय लिई रहेको बताउनुभयो ।बर्षौदेखि हात्तिपाईले रोगबाट पीडित तुलसीपुर ६ का बिष्णुप्रसाद भण्डारी दम्पत्तिले पुर्चुगलबाट तिहार मनाउन पोर्चुगलबाट सुत्केरी महिला लक्ष्मी पुनको प्रयासमा ३ हजार रुपैया आफुले प्राप्त गरेको भन्दै,हाम्रो दुखलाई महसुस गर्ने ति नानीलाई आर्शिबाद दिन्छु भन्नुभयो । बर्षातका कारण घर भत्कीयर च्यापीयर मृत्यु भएकी आफ्नी भगवती सुनारलाई सम्झदै तुलसीपुर १३ का मानबहादुर सुनारले तिहार मान्ने यस वर्ष नभएपनि प्राप्त ५ हजार रुपैयाले घर टाल्टुल पार्ने बताउनुभयो । राप्ती पोर्चुगल सोसाईटीले समुन्द्रपारबाट हामीलाई सम्झेर तिहार मनाउन पैसा पठाउनुभएको रहेछ,उहाहरुलाई दैबले सधै खुसी गराउनुहुने छ,सुनारले भन्नुभयो । तुलसीपुर ११ मोतिपुरकी बाढी पीडित शिवा भण्डारीले तिहार मनाउन ३ हजार पाएकोमा निकै खुसी हुनुभयो,उहाले भन्नुभयो,बिदेश बस्ने महिलाले हाम्रो पिडालाई बुझ्नुभयो,राज्यले चामल,केही कपडा त दियो,पैसा अझै पाउन सकेनौ, अब यो पैसाले तिहार मनाउन पीठो मैदा किन्ने योजना सुनाउनुभयो ।छोरी लक्ष्मी पुन र राप्ती पोर्चुगल समाजका अध्यक्ष धनीराम पौड्ेलको सक्रियतामा प्राप्त गरेको ६३ हजार रुपैया बाढीपीडितको घर घरमा पुगि तिहार खर्च बितरण गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छु लक्ष्मीकी आमा लिला पुनले बताउनुहुन्छ । 
    ३ वटै छोरी कमाई गर्न बिदेश छन्,पैसा कसलाई पुग्छ,राप्ती पोर्चुगल समाज गठन गरि संकलन गरिएको रकमले बाढी पीडितहरुलाई राहत बितरण गर्ने अबसर पाएको उहाले बताउनुभयो । १८ जना बाढीपीडितलाई ६३ हजार बितरण गरिएको थियो । तिहार खर्च बितरण कार्यक्रमको सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।
     

     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal