समाचार

    रिपोर्टर्स क्लबको प्रादेशीक कार्यालयको तुलसीपुरमा उद्घाटन

    दाङ,१९ असोज
     
    रिपोर्टर्स क्लब नेपाल दाङ शाखाको स्तरबृद्धि भएको छ । शाखा आज बिहीबारदेखि प्रादेशीक स्तरीय रिपोर्टर्स क्लब भएको छ । क्लबको कार्यालयको नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले उद्घाटन गर्नुभएको हो ।क्लबले सोही अबसरमा दशै तथा तिहारको अबसरमा शुभकामना र चियापान कार्यक्रम समेत गरेको छ । क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा प्रदेश स्तरीय क्लबको कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम भएको हो ।सो अबसरमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारहरुले आफ्नो लगानी र मेहनतको मूल्य पाउनु पर्ने बताउनुभयो । उहाले पत्रकारहरुलागि न्यूनतम पारिश्रमीक,पेशागत सुरक्षाको सुनिश्चीताका लागि महासंघ लागि परेको बताउनुभयो । उहाले मुलुकको सम्बृद्धिको अभियानमा सहयोग पुग्ने गरि पत्रकारहरुले समाचार सामाग्री बनाउनु पर्ने सुुझाब दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब उदय जिएम,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे,नेपाली काग्रेस दाङका सचिब शंकरप्रसाद डाँगी,नेकपा एमालेका नेता एबम पूर्ब मेयर ढुण्डीराज लामिछाने,नेपाली सेनाको १९ नम्वर बाहिनी तुलसीपुरका प्रमुख बिनोद पाण्डे,नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै,डाक्टर जनार्दन शर्मा,लोकगायीका कोमल वली,तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल,राप्ती सार्बजनीक यातायात समितिका अध्यक्ष सुरेश हमाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अबसरमा क्लबले नेपाल पत्रकार महासंघका नवनिर्वाचीत केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल,सचिब उदय जिएम र नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्मालाई स्वागत तथा सम्मान गरेको थियो ।कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष बालाराम खड्का,धन्यबाद ज्ञापन सल्लाहकार नारायणी रजौरे र सहजीकरण सचिब बिमल गौतमले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal