ताजा खबर :

समाचार

    बामदल तालेमल स्वाभाबिक ः सांसद देबकोटा

    दाङ,१९ असोज
     
    नेपाली काग्रेसका नेतृ एबम सांसद अनीता देबकोटाले बाम दल तालमेलका कारण प्रजातन्त्रपक्षधरहरु आतिनु पर्ने अबस्था नभएको बताउनुभएको छ । नेपाल प्रेस यूनियन दाङ शाखाले आज बिहीबार तुलसीपुरमा आयोजना गरेको दशै,दिपावली,छठ पर्वको शुभकामना तथा नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारीहरुको स्वागत कार्यक्रममा सांसद देबकोटाले बाम दलको चुनावी तालमेललाई स्वभाबिक प्रक्रियाका रुपमा काग्रेसले लिएको बताउनुभयो । उहाले भन्नुभयो,लोकतन्त्रलाई सुदृढ बनाउन तालमेलले सहयोग पु¥याउने छ । तर तालमेलबाट बृहत एकता गरि र त्यसबाट लोकतन्त्रलाई नै समाप्त पार्ने काम गर्ने कार्य भने हुन नदिन सञ्चारकर्मीहरु सर्तक र सजग हुनुपर्ने बताउनुभयो । उहाले संबिधान कार्यान्वनयको काम भईरहेको र आगामी मंसीरमा हुने संघीय र प्रदेश निर्बाचन सम्पन्न पछि संबिधान कार्यान्वयन हुने उहाले बताउनुभयो ।नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पार्टीहरु बीच तालमेल हुनु सकारात्म भएको टिप्पणी गर्नुभयो । उहाले तालमेल सगै दलहरु बीच ईगोको लडाई हुने र त्यसबाट लोकतन्त्र नै समाप्त हुने खतरालाई बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । दलहरु बीच धुब्रिकरण हुने र दुई पक्ष बिचको द्धन्दका कारण लोकतन्त्रलाई खतरा हुने अबस्थामा भने पत्रकारहरुले सहजीकरण गर्नुपर्ने बताउनुभयो । सो अबसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब उदय जिएम,नेपाली काग्रेस दाङका जिल्ला सदस्य देबा डाँगी,नेकपा माओबादीका रामबहादुर दहित,नेपाल प्रेस युनियनका प्रदेश नम्वर ५ संयोजक केपी घिमिरे,मंहासंघका पूर्ब अध्यक्ष पूर्ब अध्यक्ष सुदीप गौतम,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह,नागरीक समाज दाङका संयोजक टीकाराम रेग्मी लगायतले पछिल्लो राजनीतिक घटटनाक्रमका बारेमा चासो राख्दै पत्रकारीताको भूमिका यतिबेला उल्लेख्य हुने बताउनुभयो । त्यस अबसरमा मिडीया सेन्टरका केन्द्रीय सदस्य गणेश वली,प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य नारायण भण्डारी,मानव अधिकार तथा शान्ति समाज जिल्ला सभापति सुरेश हमाल,मानव अधिकार रक्षक संञ्जालका जिल्ला अध्यक्ष सुष्मा गिरी लगायले बोल्नुभएको थियो । सो अबसरमा महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल र सचिब उदय जिएमलाई स्वागत तथा सम्मान गरिको थियो ।कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बसन्धरा गौतम र सहजीकरण सचिब देबेन्द्र बस्नेतले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal