न्यायपूर्ण शान्ति हुनुपर्छ ः मूख्य न्यायाधीस सुबेदी

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस नहकुल सुबेदीले शान्तिको बिकल्प नभएको बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले दिपावली,छठ र नेपाल संबत्को अवसरमा शान्ति हाम्रो अधिकार बिषयक आज शनिबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्य न्यायाधीस सुबेदीले न्यायपूर्ण शान्ति भने हुनुपर्नेमा जोड दिनुभयो । शान्ति द्धन्दको अवधिमा प्राप्तीका लागि मात्र नहुने बताउनुभयो । उहाले आर्थिक,सांस्कृतिक,सामाजिक अधिकार प्राप्ती नहुदा सम्म दिगो शान्ति हुन नसक्ने बताउनुभयो ।यी अधिकारका लागि मानवअधिकारकर्मीहरुको भूमिका अहिलेको आबश्यकता रहेको बताउनुभयो । नेपालको संबिधान २०७२ मा ३१ वटा मौलिकहरु उल्लेख गरिएका छन् र ति सबैमा शान्तिको अधिकारको कुरा पनि समावेस गरिएका छन् । बिकट जिल्ला बाजुराका नागरिकको अधिकार र काठमाण्डौका नागरिकले पाउन अधिकारमा समानता हुनुपर्ने मुख्य न्यायाधिस सुबेदीको जोड छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेतले हिंसाको कुनै पनि भबिष्य नहुने बताउनु भयो । बिभिन्न समुहले अधिकार प्राप्तीका नाममा फेरी पनि हिंसा भडकाउने उद्धतमा रहेको बताउनुभयो । त्यसका लागि सरकारले असन्तुष्ट पक्षसग संबाद र वार्तालाई तिब्रता दिनुपर्ने सुझाब दिनुभयो ।
अव देशमा शान्ति संस्कृतीको संस्थागत गर्दै सम्बृद्धिको बाटोलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मी,बरिष्ठ अधिबक्ता तथा शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धिताल,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुष्मा गिरी,तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसे,तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल,मानव अधिकारकर्मी निर्मल नेपाली,रासस प्रतिनिधि नारायणी रजौरे,शान्ति समाज दाङका सल्लाहकार प्रमोद न्यौपोन,नेपाल रेडक्रस सोसाईटी दाङका कोषाध्यक्ष कुशल तर्ताल,ब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्वबिद्यालयकी अनीता,रिपोर्टर्स क्लव दाङका उपाध्यक्ष बालाराम खड्का,एन प्याब्सन दाङका उपाध्यक्ष बिमल गौतम लगायतले शान्ति र सम्बृद्धिको बारेमा चर्चा गर्नुृभएको थियो ।
शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तुलसीराम सुनार र सहजिकरण कोषाध्यक्ष अमृतप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस