क्रिकेट खेल सम्बन्धि समाचार लेखन सीप

दाङ,२६ जेठ

दाङको घोराहीमा क्रिकेट खेल सम्बन्धि समाचार लेखन सीप आज शनिबार सिकाईएको छ ।

प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर नेपाल दाङको सयुक्त आयोजना र दाङ क्रिकेट संघको प्राबिधीक सहयोगमा तालिमको आयोजना गरिएको हो । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएका थियो । त्यस अबसरमा सामाजिक बिभागका सदस्य बिकीरण गौतम, प्रचार विभाग प्रमुख शरद अधिकारी, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य अजयदिप शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सबिन प्रियासन, दाङ क्रिकेट संघका सल्लाहकार किशोरचन्द्र गौतम, प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतमले बोल्नुभएको थियो । प्रेस सेन्टर नेपाल दाङका कार्यबहाक अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जाले गर्नुभएको थियो । 

२८ जना पत्रकार सहभागी रहेको तालिमको प्रशिक्षकमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैया, सल्लाहकार किशोरचन्द्र गौतम, खेल शिक्षक देबेन्द्रसिंह ठकुरी हुनुहुन्थ्यो ।

 

प्रतिकृया दिनुहोस