प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सहित स्वास्थ्यकर्मीको टोली नेपालगञ्जमा, कन्ट्याक्ट ट्रेसिङमा सघाउन केन्द्रवाट समेत टोलि आइपुग्यो

एकैदिन १५ जना संक्रमित देखिएको बाँकेमा प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पुगेको छ। संक्रमण रोक्नका लागि थप परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङमा सघाउन मन्त्रीसहितको टोली आज विहान नेपालगन्ज पुगेको हो।एकैपटक संक्रमण ठूलो स्वरुपमा देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार प्रदेश सरकार र केन्द्रमा स्वास्थ्य मन्त्रालयसँग स्वास्थ्य सामग्री र जनशक्ति अभाव भएको भन्दै पठाइदिन अनुरोध गरेको थियो।बाँके प्रशासनको अनुरोधपछि प्रदेश र केन्द्रबाट पहल सुरु भएको छ। केन्द्रले पनि कन्ट्याक्ट ट्रेसिङमा सघाउन ३ जनाको टोली आजै नेपालगञ्ज पठाएको छ। उनीहरु आजै साँझ पुग्नेछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर वासुदेव पाण्डेले तीन जनाको टिम आज नेपालगन्जतर्फ गएको बताए। कन्ट्याक्ट ट्रेसिङमा सघाउन यहाँबाट ३ जनाको टिम गइसकेको छ। उता प्रदेश मन्त्रालयबाट सामाजिक विकास मन्त्री, हाम्रो क्षेत्रीय निर्देशनालयबाट डाक्टर विनोद गिरी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित गएका छन्। त्यहाँबाट कति जना गए भन्ने ठ्याक्कै थाहा भएन,ु डाक्टर पाण्डेले भने। आवश्यक स्वास्थ्य सामग्रीमा भने व्यवस्थापन विभागले समन्वय गर्ने उनले बताए। प्रदेश सरकारका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरीले सामाजिक विकासमन्त्री सुदर्शन बरालको नेतृत्वमा स्वास्थ्यकर्मी टोली नेपालगञ्ज गएको बताए। प्रदेश ५ मा १७ जनामा संक्रमण देखिइसकेपछि हामीले परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा जोड दिएका छौं। प्रदेश सरकारले यसका लागि कुनै कमी हुन दिनेछैन। आवश्यक जनशक्ति र स्वास्थ्य सामग्री पुर्‍याउँछौं, उनले भने।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगञ्जमा टेस्टको दायरा बढाउने र ट्रेसिङ गर्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट भइरहेको बताए।अझ बढी गर्ने भन्ने छ। स्वास्थ्य सामग्री र जनशक्ति पठाउने काम पनि महाशाखाबाटै हुन्छ,उनले भने। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आफूहरुको पहिलो रणनीति थप परीक्षण गर्ने र सम्पर्कमा आएका मान्छेहरु खोज्ने भएको बताए। उनले परीक्षण गर्ने आवश्यक सामग्रीको व्यवस्थापनका लागि केन्द्रमा समन्वय भइरहेको जानकारी दिए। थप सामग्री पठाउने र केन्द्रबाटै थप जनशक्ति खटाउने भनिएको छ। हामीले चाहियो भनेर अनुरोध गरेका छौं। स्वास्थ्य मन्त्रालयले पठाउँछ। साथै प्रदेशले पनि पठाउँछ। केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेका छौं, उनले भने।   उपाध्यायले हाल जिल्लाको स्थिति सामान्य रहेको बताए। बाँकेको भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा आइतवार १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। लकडाउन अघि भारतबाट फर्किएका मदरसाका ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस देखिएको तेस्रो दिन १५ जनामा पुष्टि भएको हो। नयाँ संक्रमित सबै शिक्षकको सम्पर्कमा आएकाहरु हुन् । शिक्षकको सम्पर्कमा आएका ९४ जनामध्ये ६० जनाको रिपोर्ट आइरसकेको छ। आज थप ३४ जनाको रिपोर्ट आउँदैछ। प्रहरीले हिजो संक्रमण देखिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकेको छ। यहीँ ट्रेसिङमा सघाउन स्वास्थ्य मन्त्रालयले केन्द्रबाट टिम पठाएको हो। 

प्रतिकृया दिनुहोस