लक डाउनलाई कडाईका साथ लागु गराउन तुलसीपुर उद्योग बाणिज्य संघको सुझाब

कोरोना रोग संक्रमणबाट बच्न दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न तुलसीपुर उद्योग वाणिज्य संघले सुझाव दिएको छ ।
छिमेकी जिल्ला बाँके र प्रदेश नम्वर ५ को रुपन्देहीमा कोरोनाका संक्रमितहरु देखिएपछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा संघको आकस्मिक बैठकले संक्रमणको संभावित क्षति र सक्रमनलाई नियन्त्रण गर्न जारि लकडाउनलाई पूर्णरुपमा पालना गराउन लाग्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै त्यसका लागि संयन्त्र गठन गरि परिचालन गर्न स्थानिय, प्रदेश र जिल्ला प्रशासनलाई अनुरोध गरेको छ ।
संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा बसेको संघको बैठकले
सरकारी तथा नीजि स्वास्थ्य संस्थाको अवस्था सुधार गर्न सम्बन्धि पक्षसँग आग्रह गर्दै विरामीलाई जिल्ला बाहिर रिफर नगरि यहाँकै अस्पलातमा उपचार गर्न सक्ने वातावरण मिलाउन आग्रह गरेको छ ।
दाङ भित्रने सबै नाकाहरु सिल गरेर स्वास्थ्यकर्मी सहितको सुरक्षा हेल्पडेक्स तत्काल स्थापना गर्न सुझाव दिएको संघले अति आवश्यक बस्तु तथा खाद्यान्नका पसलहरु मात्र संचालन गर्न र अनावश्यक रुपमा वजारमा भिडभाड नगर्न नगराउन समेत संघले आग्रह गरेको छ ।
बैठकमा सहभागिहरुले जेष्ठ नागरिकहरुले वृद्धिभत्ता लिन आउदा वजारमा सामाजिक दुरी कायम नगरी एकै ठाउंमा भिडभाड वढेको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरी समस्या समाधान गर्न स्थानीय सरकार, सुरक्षा प्रमुख र बैंक मेनेजरहरुको ध्यानाकर्षण गराएको छ । तर संघले वडा वाटै बृद्ध भत्ता वितरणको ब्यबस्था मिलाईदिन स्थानीय तहलाई सुझाएको छ महासचिब रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।
                                           
                 नेपालगञ्जबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकले स्वास्थ्य सुरक्षा सामाग्री गाउदैनन् 
पेट्रोलियम पदार्थ वोक्ने ट्याङकरका चालकले स्वास्थ्य सुरक्षा सामाग्री प्रयोग नगर्दा संक्रमण बढ्न सक्ने आशंका गरिएको छ । नेपालगञ्ज स्थीत आयल निगमको क्षेत्रीय कार्यालयबाट पेट्रोलियम पदार्थ ढुवानी गरि दाङ आउने ट्याङकर चालकले स्वास्थ्य सुरक्षा सामाग्रीहरु मास्क,पन्जा बिना आउने गरेका छन् । नेपालगञ्जमा संक्रमितको संख्या अत्याधिक देखिपछि एम्बुलेन्स,ट्याङकर चालकले पनि स्वास्थ्य सुरक्षा सामाग्री लगाउनु पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
तर स्वास्थ्य सामाग्री लगाएको देखिएन स्वास्थ्य जाँचका लागि खटिएका तुलसीपुर उपमहानगरपालिकाको जन स्वास्थ्य प्रर्बद्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले बताउनुभयो ।
                                  फरार ब्यक्तिलाई नियन्त्रणमा लिई कोरोना चेकजाँच गरिर्दै 
कोरोना संक्रमित क्षेत्र नेपालगञ्जबाट आएका घोराहीका एक व्यक्तिको कोरोना जाँच गरिन लागेको छ । आइतबार संक्रमित ठाँउबाट आएर फरार भएका भनिएका घोराही–१४ का २५ वर्षिय युवाको कोरोना भए÷नभएको जाँच हुन लागेको हो । 
हराएका भनिएका उनि आज सोमबार सम्पर्कमा आएपछि उनको स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना भए÷नभएको जाँच गरिन लागेको घोराही उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत बिकेश रेग्मीेले जानकारी दिनुभयो । 
श्रीमतीको प्रसुतिका लागि नेपालगञ्ज गएका उनि आइतबार एम्बुलेन्सबाट फर्किएको आफुहरुलाई बताएको जनस्वास्थ्य रेग्मीले बताउनुभयो । 
उनिसंगै प्रतिष्ठानमा सात जनाको पिसिआरमार्फत जाँच हुन लागेको छ । ति युवाले आफुहरु घरबाट भागेको नभई व्यक्ति काममा बाहिर निस्किएको र चार्ज गर्न नपाएका कारण मोबाईल पनि बन्द भएको बताएको रेग्मीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस