ताजा खबर :

समाचार

    कैदीले आयोजना गरेका बडाभोज,नाचगान र खेलकुद

    दाङ,१२ असोज
     
     
    कारगार शाखा तुलसीपुरका कैदीले दशैको अबसरमा बडा भोज गरेका छन् । कैदीहरुले बिभिन्न ब्यक्तिहरुलाई निम्तो गरि बडाभोजमा सहभागि गराएका हुन । कारगार भित्र रमाईलो गर्द ै उनीहरुले बडा भोज मनाएका छन् । सहयोगी दाताबाट प्राप्त १८ हजार ५ सय रुपैयाको खस्सी काटी भोज मनाएको कैदी यमराज खड्काले जानकारी दिनुभयो । २ सय ८५ जना कैदीहरु रहेको कारागार शाखा तुलसीपुरमा बडा भोज कार्यक्रम सगसगै शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो ।कैदी युवराज पन्थीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख देबबहादुर चन्द,पीडित सेवा संघका अध्यक्ष टोपबहादुर महतरा, अटोमेकानिक्स एशाृेसीयसनका अध्यक्ष यमप्रसाद भूषाल, लगायतले दशैको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।सो अबसरमा गीत,गजल,नृत्य प्रस्तुतु गरिएको थियो । कैदी टेकबहादुर  मल्लले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण कैदी माधब घिमिरेले गर्नुभएको थियो ।दशैको अबसरमा कारागार शाखा तुलसीपुरमा खेलकुद प्रतियोगता सम्पन्न भएको छ । ९ वटा बिभिन्न प्रतियोगीताका बिजयी खेलाडीहरुलाई आज बिहीबार पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।कैदी युवराज पन्थीको अध्यक्षता एबम शसस्त्र बेस क्याम्पस तुलसीपुरका डिएसपी देबबहादुर चन्दको प्रमुख आतिथ्यमा प्रमाण पत्र बितरण गरिएको थियो ।जसमा चम्चा दौड प्रतियोगीतामा प्रथम हुन भीमबहादुर नेपाली,चक्लेट दौडमा रमेश रावत,घैटाफोर प्रतियोगीतामा किस्मत पुन,कुर्सीदौड प्रतियोगीतामा तारा पुन,हाजीरी जवाफ प्रतियोगीतमा प्रथम जयबहादुर केसी,रामचन्द्र जैसी र धनबहादुर ऐरी,क्याराम वोर्ड प्रतियोगीता, भलिवल,फुटवल र क्रिकेट प्रतियोगीताका प्रथम,द्धितीय र तृतिय स्थान हासिल खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो । 

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal