समाचार

    पुर्ब सांसद चौधरीको सम्झनामा मिनी म्याराथुन प्रतियोगिता हुने

    दाङ,२ असोज
     
     
    देउखुरीमा असोज १७ गते श्रीहरी सुनकेशरी मिनिम्याराथुन दौड प्रतियोगिता हुने भएको छ । श्रीहरि फाउन्डेसनको आयोजनामा सचालित उक्त प्रतियोगितामा १५ देखि ४५ बर्ष उमेर समुहका महिला तथा पुरुषहरुले भाग लिने छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार ५ सय , दितियलाई ५ हजार र तृतिय हुनेलाई ३ हजार ५ सय नगद,मेडल र प्रमाण पत्र प्रदान गरिने फाउन्डेसनका संरक्षक डाक्टर राजेश चौधरीले जानकारी गराउनुभयो । मिनि म्याराथुन २०७४ मेरुदण्डबारे कुरा गरौ भन्ने सन्देश सहित शरिरको मेरुदण्डको समस्या र त्यसको समाधानको बारेमा नागरिकहरुलाई जागरुक गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको फाउन्डेसनका संरक्षक चौधरीले जानकारी गराउनुभयो । कार्यक्रममा पुरुषका लागी १५ किलो मिटर र महिलाका लागी १० किलोमिटरको दुरी तय गरिएको छ । ग्रामिण भेगमा लुकेका प्रतिभाहरुलाई खेलको माध्यमबाट अगाडी ल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत खेलको क्षेत्रमा सहभगिता जनाउन सक्ने बाताबरणको श्रृजना गर्न फाउन्डेसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको फाउनडेसनका अध्यक्ष सनिराम चौधरीले बताउनुभयो । प्रतियोगितामा ईच्छुक ब्यक्ति तथा संघसंस्थाले एक सय रुपैया शुल्क सहित नाम दर्ता गराउनुपर्ने छ ।पुर्ब सांसद तथा समाजसेवी स्वर्गिय हरीप्रसाद चौधरीको सम्झनामा श्रीहरी सुनकेशरी फाउन्डेशनले प्रतियोगिताको आयोजना गरेको हो । सनिराम चौधरीको अध्यक्षता तथा सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५का अध्यक्ष तथा रेडियो हाईवेका प्रबनध निर्देशक केपि घिमिरेको बिशिष्ट आतिथ्यतामा आज सोमबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रतिष्ठान र प्रतियोगिताका बारेमा जानकारी गराएको थियो । कार्यक्रमको सचालन देवानजंग चौधरीले गर्नुभएको थियो । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal