चोरी भएको १७ लाख मूल्य बरावरको रिचार्ज कार्ड सहित पुन पक्राउ

चोरी भएका नेपाल टेलिकमका रिचार्ज कार्ड सहित चोरीमा संलग्न ब्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । गत असोज २३ गते १७ लाख मुल्य बरावरको चोरी भएका नेपाल टेलिकमको नमस्ते रिचार्ज कार्ड छिमेकी जिल्ला रोल्पा र प्युठानका बिभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।चोरी भएको २१ दिन पछि कार्तिक १३ गते माडि गाउँपालीका वडा नं. १ रोल्पा बस्ने २१ बर्षिय दल बहादुर पुन पक्राउ परेको दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरि शर्मा शर्माले जानकारी दिनुभयो । रोल्पा थवाङ गाउँपालीका वडा नं. २ का बिभिन्न स्थानमा बिक्रि गरिएको जानकारी प्रहरीले सुचना प्राप्त गरेको थियो ।पुनले चोरी गरेका दुई लाख मूल्यका ५० रुपैया दरका ४ हजार वटा र दुईलाख मुल्य बराबरका एक सय दरका २ हजार थान रिचार्ज कार्ड रोल्पा जिल्लामा बरामद गरिएको हो । त्यस्तै प्युठान स्थीत ससुरालिमा लुकाई राखेको अबस्थामा एक लाख ८० हजार मुल्य बराबरका ५० दरका ३६ सय  थान,८ लाख ५० हजार मुल्यका एक सय दरका ८ हजार ५सय थान,एक लाख ८० हजार मुल्यका ५ सय दरका ३ सय ६० थान, ३ लाख ८० हजारका ५० दरको ७ हजार ६ सय थान, १० लाख ५० हजार मुल्यका एक सय दरका दशहजार ५ सय थान र एक लाख ८० हजाररका ५ सय दरका ३ सय ६० थान रिचार्ज कार्ड प्रहरीले बरामद गरेको हो ।ईलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा पुनले चोरी गरेका थप नमस्ते रिचार्ज कार्ड  स्वर्गद्वारी नगरपालीका वडा नं. ७ प्यूठान स्थित ससुराली घरमा लुकाई राखेको बयान दिएपछि सो ठाँउबाट समेत बरामद गरिएको एसपी शर्माले आज बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको हो ।पुन माथि चोरी अभियोगमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस