स्वास्थ्यकर्मीको मनोवल बढाउन स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

कोरोना भाईरस संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पी.पी.ई शुक्रबार राष्ट्रिय जनमुक्ति पार्टीले दाङ,सल्यान र रुकुम पूर्बका लागि बितरण गरेको छ । 
कोरोना बिशेष अस्पताल बेल्झुण्डीका लागि ३ थान पीपीई र ६ थान प्लाष्टिको भाईजर,राप्ती प्रादेशीक अस्पतलका लागि ३ थान पीपीई, बबई गाँउपालिकाको स्वास्थ्य चौकीका लागि २ थान पीपीई र २ थान प्लाष्टिक भाईजर,सल्यानका लागि २ थान पीपीई र २ थान प्लाष्टिक भाईजर र रुकुम पूर्बका लागि ३ थान पीपीई उपलब्ध गराएको पार्टीका नेतृ एबम अधिकारकर्मी लीला पुनले जानकारी दिनुभयो । 
कोरोना भाईरस संक्रमणले बिश्वभर महामारिको रुप लिई रहेको अबस्थामा बिकसीत देशका स्वास्थ्यकर्मीहरु पनि उक्त भारसको संक्रमणबाट ज्यान गुमाउने संख्या सयौं छन् । यो अबस्थामा स्वास्थ्य सुरक्षा सामाग्रीको अभाबका कारण स्वास्थ्यकर्मीहरु कोरोना भाईरस संक्रमितहरुको उपचारमा खटिदा मनोवल घटेको सुन्दा आफूले सुरक्षा सामाग्रीको पहल गरेको पुनले बताउनुभयो ।
स्वास्थ्य सुरक्षा सामाग्री राप्ती प्रादेशीक अस्पताल तुलसीपुर र कोरोना बिशेष अस्पतालका लागि मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्बेश शर्मालाई हस्तान्तरण गरिएको थियो । पार्टीका केन्द्रीय महासचिब केशव सूर्यबंशी र कोषाध्यक्ष डवबहादुर पुनले मेसु शर्मालाई हस्तान्तरण गर्नुभएको हो । 
 

प्रतिकृया दिनुहोस