फौजदारी संहिता कार्यबिधि २०७४ कार्यान्वयन गर्न अदालतको आदेश

चोरी र जर्वजस्तीकरणी गरेका तुलसीपुर ९ का श्याम बिकलाई बाँकी कैद फौजदारी संहितका कार्यबिधि २०७४ अनुसारको ब्यबस्था अनुसार भूक्तान गरि रिहा गर्न उच्च अदालत तुलसीपुरले कारागार शाखा भीमफेदी मकवानपुर र दाङ देउखुरी जिल्ला अदालतलाई आदेश दिएको छ । 
२०७० सालमा चोरी गरेको अभियोगमा जरिमाना बाफत ४ बर्ष कैद र बलत्कार गरेको ५ बर्ष गरि ९ बर्ष तोकिएको छ । बिकको २०७९ पुस १२ गते कैद भूक्तानी हुने छ । तर फौजदारी संहिता कार्यबिधि २०७४ अनुसार बाँकी कैद भूक्तानी हुन आएको दिनमा निज बिकले जरिवाना बाफतको कैद ४ सय ५२ दिन भन्दा बढी बसी सकेकोले सो दिनको दरले १ लाख ३५ हजार ६ सय भूक्तानी गरेको देखिएको छ । निजले कैद भूक्तानी गर्ने समय फौजदारी संहिता कार्यबिधि अनुसार तोकिएको जरिमाना बाफत कैदमा बढी बसिसकेकाले अब कट्टी गरि बाँकी हुन आउने रकम २ लाख ८४ हजार ९ सय तत्काल तिरो बुझाएमा कारागारबाट मुक्त गरिदिनु भनि कारागार शाखा भीमफेदी मकवानुपर र दाङ देउखुरी जिल्ला अदालतलाई बन्दि प्रत्यक्षकरणको आदेश दिएको बिकको पक्षबाट कानुन ब्यबसायी रबिन्द्र शर्माले जानकारी दिनुभयो । 
बन्दीप्रत्यक्षकरण रिटमा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधीश रमेश पोख्रेल र न्यायधीश ऋषिराम दवाडीको बेन्चले निज बिकलाई तोकिएको रकम तिरो तिरे कारागारबाट मुक्त गरिदिन आदेश दिएको हो । बिकको पक्षबाट कानून ब्यबसायी मोहन धिताल र रबिन्द्र शर्माले बहस गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस