रमजानमा रोजाको बेला महिनाभर गरिने धार्मिक कार्य घरमै गर्नु पर्नेमा जोड

महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस 'कोभिड -१९' को संक्रमणबाट जोगीन र जोगाउन बाँकेका मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सजगता अपनाइरहेका वेला दांगमा पनि उच्च सतर्कता अपनाउनुपर्ने सरोकारवालाहरुले वताएका छन् । दांगमा मुस्लिम समुदायको त्यति वाक्लो वसोवास नरहेपनि यहाँरहेका मुस्लिम समुदायले आफ्नो सजगता अपनाउनुपर्ने यहाँका मुस्लिम अगुवाहरुको अभिमत छ । केहिदिन अघि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको नेतृत्वमा याँ स्थित मस्जितहरुको अनुगमन गरिएको थियो । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पुर्व सन्ध्यामा मुस्लिम धर्मगुरु र मौलानाहरुले रोजाको बेला महिनाभरि गरिने सबै धार्मिक कार्यहरु घरमै गर्न वाँकेमा निर्देशन दिएको अवस्थामा दांगमा पनि यहाँका मुस्लिम समुदायले सजगता अपनाउनुपर्ने  यहाँका स्थानीय वासिन्दाको सुझाव छ । 
कोरोनाको संक्रमणबाट जोगिन र जोगाउन सरकारले लागु गरेका नियम कानुनको पालना गर्नुपर्ने मुस्लिम अगुवाहरु बताउछन् ।  रमजानका क्रममा हुन सक्ने पारिवारिक भेटघाट र घरेलु रोजा अफ्तारलाई पनि सिमा दुरी कायम गर्दै सचेतता अपनाउन र गर्न सम्पूर्ण समुदायलाई निर्देशन दिनुपर्ने खाँचो रहेको छ । कोरोनाको जोखिमपुर्ण एवं विषम परिस्थितीबीच रमजान शुरु हुनलागेको भन्दै महामारी कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएकोले कुनै एक धर्म समुदायलाई लक्षित गरेर अनावश्यक टिकाटिप्पणी नगर्न समेत मुस्लिम समुदायले सबैसंग आग्रह गरिएको छ । सामान्य समयमा यी सबै नमाजहरु र रोजा अफ्तार कार्यक्रमहरु मस्जिदमा सामुहिक रुपमा गरिने गरिए पनि अहिले कोरोनाका कारण मस्जिदमा धार्मिक कार्यहरु बन्द गरिएकोले घरमै गर्ने उनिहरुले जनाएका छन् ।


 

प्रतिकृया दिनुहोस