समाचार

    बाढीबाट क्षतिको पूर्न निर्माण तथा सेवा सुचारु तत्काल गरिने ः सरोकारवाल

    दाङ,३२ साउन
     
    बिभिन्न स्थानमा अबरुद्ध पश्चिम दाङको बिद्युत सेवा शुक्रबार सम्म सुचारु हुने बिद्युत प्राधिकरण तुलसीपुर शाखाले जनाएको छ । बाढीबाट भएको क्षतिबाट प्रभाबितहरुका लागि राहत,पूर्नस्थापना र पूर्न निमार्ण बिषयक तुलसीपुरमा आयोजना गरिएको छलफल कार्यक्रममा प्राधिकरण शाखा कार्यालय तुलसीपुरका प्रमुख टंकराज गिरीले तुलसीपुर उपमहानगरपालीका वडा नम्वर ११,१३ मा बिद्युत सेवा सञ्चालनको प्रयास भईरहेको जानकारी दिनुभयो । 
    उहाले वडा नम्वर १३ को सकभर आजै (बुधबार )बाट सुचारु हुने बताउनुभयो । वडा नम्वर ११ को मोतिपुरमा पर्सी शुक्रबार सम्म मर्मत गरिने बताउनुभयो । बाँकी सुधार र मर्मत गर्नुपर्ने स्थानबाट जानकारी प्राप्त भए लगतै प्राबिधिक टोली पुगि सेवा सञ्चालन गरिने प्रमुख गिरीले बताउनुभयो । सोही अबसरमा खानेपानि डिभिजन कार्यालय प्रमुख चोकप्रसाद धितालले बिस्थापितहरुका लागि सुद्ध पिउने पानिको बोटल बितरणको काम भईरहेको जानकारी दिनुभयो । तुलसीपुर १३ र दङगीशरण गाँउपालिकामा राप्ती डिकीङ वाटरको बोटल र देउखुरी क्षेत्रका बाढी पीडितका लागि सांग्रिला डिकिङ वाटरको बोटल बितरण गरिएको उहाले जानकारी दिनुभयो । त्यस्तै फुलबारीको खानेपानि सञ्चालनका लागि बिद्युत सेवा सुचारु हुनुपर्ने बताउनुभयो । उहाले बाँक क्षति भएका खानेपानि आयोजनाका बारेमा कार्यालयमा तत्काल खबर गर्न आग्रह गर्नुभयो ।सडक डिभिजन कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माले सडक कार्यालय अन्तर्गतको यान्त्रिक शाखामा रहेका ३ वटा यन्त्रबाट सेवा दिईरहेको बताउनुभयो । 
    उहाले जहा अबरुद्ध छ,पहिलो प्राथमिकतामा काम भईरहेको र अबरुद्ध सडकको बारेमा जानकारी दिन आग्रह गर्नुभयो । सोही अबसरमा सिचाई डिभिजन कार्यालय,जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र भू संरक्षण कार्यालयका प्रमुखले तटबन्दका लागि ग्याबेल जालि र कुलो नहरको क्षति न्यूनिकरणका लागि मर्मत गर्न बजेटको अभाब भएको बताउनुभयो । उहाले कम श्रोतमा धेरै काम गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई पहलका लागि आग्रह गर्नुभयो । त्यसअबसरमा सांसद डिल्लीबहादुर चौधरीले बजेट मागका लागि पहल भईरहेको जानकारी गराउनुभयो । कार्यक्रममा बिभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal