समाचार

    दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा भूषाल बिजयी

    दाङ,३२ साउन
     
    दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्ष संयुक्त समूहका नारायण भूषाल बिजयी हुुनुभएको छ । उहाले ९ सय ६४ मत प्राप्त गर्नुभएको छ । उहाँ नकटतम प्रतिस्पर्धी मञ्जु बज्राचार्यले ६ सय ११ मत प्राप्त गर्नुभएको छ ।
    संघको ३ बर्षे कार्यकालको लागि भएको निर्बाचनमा भूषाल एमाले,माओबादी केन्द्र लगायतको संयुक्त समूहबाट चुनावमा भाग लिनुभएको थियो भने नेपाली काग्रेस पार्टीको संमर्थन रहेको प्रजातान्त्रिक समूहमा मन्जु बज्राचार्यले उमेदारी दिनुभएको थियो ।यस्तै निर्बाचनमा उद्योग उपाध्यक्षमा बसन्त जोशीले ४९ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहासगका प्रतिस्पर्धी नारद पोख्रेलले ५ सय ७३ मत प्राप्त गर्नुभएको छ ।बाणिज्य उपाध्यक्षमा टंकसिह बुढाथोकी बिजयी हुनुभएको छ । उहाले ८ सय १५ र प्रतिस्पर्धी एकराज खनालले ७ सय १२ मत प्राप्त गर्नुभयो ।
    महासचिबमा नरेश कार्कीले ७ सय ५९ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धा अनील आचार्यले ७ सय ५५ मत प्राप्त गर्नुभयो ।सचिबमा माया  पोख्रेलले ८ सय ५१ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धी हरिप्रसाद खरेल ६ सय ६४ मत प्राप्त गर्नुभयो ।कोषाध्यक्षमा सुशील पोख्रेलले ७ सय ७२ मत प्राप्त गरि बिजयी हुनुभयो । उहाका प्रतिस्पर्धी श्रीधर पोख्रेल ७ सय ४२ मत प्राप्त गर्नुभयो ।संघमा निर्बाचीत ८ सदस्य मध्ये प्रजातान्त्रीक समूहका ५ जनाले जितेका छन । जसमा धनपति शर्मा ८ सय ९,टंकप्रसाद खनालले ७ सय ८९ , महिल सदस्यमा बिन्दु दाहालले ७ सय ५५,मिनराज भाट ७ सय ११, छवीनारायण गिरी ६ सय ६४, र मत प्राप्त गरि बिजयी हुनुभएको छ ।संघ निर्वाचनमा संयुक्त समूहबाट ३ जना बिजयी हुनुभएको छ । जसमा महेन्द्र बुढाथोकी ७ सय ६४, पिताम्वर शर्मा ७ सय ५३ र रामप्रसाद पोख्रेल ६ सय ९५ मत प्राप्त गरि बिजयी हुनुभएको छ । संघको मतदानमा १६ सय २९ जनाले मतदान गरेका थिए ।।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal