बड्का अत्वारी र माघी पर्बलाइ प्रदेश सरकारको मान्यता, वर्षभरी ६ दिन थप विदा दिने निर्णय 

तुलसीपुर, १० वैशाख । प्रदेश नं ५ सरकारले २०७७ सालमा ६ दिन विदा दिने निर्णय गरेको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ४ दिन प्रदेशभरी लागु हुने गरि एउटै विदा दिने निर्णय गरेको छ । एक दिन स्थानीय तहले दिन विदा दिन पाउने व्यवस्था गएिको छ । थप अर्को एक दिनको विदा भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि तोकिएको छ । 
प्रदेश सरकारले छुट्याएको विदामा बकर इद, माघ १ र २ गते माघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवसको विदा दिइएको छ ।  त्यसमा स्थानीय तहको निर्णयबाट हुनेगरी एक दिनको विदा छुट्याइएको । प्रदेशका निश्चित जिल्ला र समुदायले मनाउने पर्व तथा उत्सवमा एक–एक दिन विदा दिने निर्णय प्रदेश सरकारले गरेको छ । 

प्रदेश सरकारको यो निर्णयसँगै पाल्पामा मनाइने भगवती जात्रा, रुकुम र रोल्पामा मनाइने भूमे पूजा र दाङ लगाएतका जिल्लाहरुका थारु समुदायले मनाउने बडकवा अतवारीमा एक– एक दिन विदा छुट्याइएको छ ।

प्रतिकृया दिनुहोस