समाचार

    मोति सामुदायीक वनको संरक्षणका लागि १० लाख बजेट ४३ हजार बिरुवा रोपीदै

     
    मोति सामुदायीक वन तुलसीपुर ११ मोतिपुर दाङका उपभोक्ता जुटेका छन् । ववई नदि तटिय क्षेत्रको बाढी प्रभाबित क्षेत्रका बासीन्दाहरु तटीय क्षेत्रको संरक्षणका लागि पुनः बृक्षारोपण र त्यसको संरक्षण र प्रबर्दनमा जुटेका हुन । झण्डै २७ हेक्टर क्षेत्रफल रहेको मोति सामुदायीक वन २०५३÷५४ सालमा तत्कालीन अध्यक्ष नेत्रबहादुर बस्नेतको पहलमा शूरु गरिएको थियो । अत्यन्त राम्रो सग संरक्षण गरिएको उक्त सामुदायीक वन माओबादी द्धन्दकालको मध्यकालीन समयमा संरक्षण बिहिन हुदा अतिक्रमणबाट ग्रसीत भएको थियो । सामुदायीक वन ब्यबस्थापन हुन नसक्दा र चोरी हुदा झण्डै १७ हेक्टर क्षेत्रफलको रुख बिरुवा खाली डाँडोमा परिणत भएको छ । यस आर्थिक बर्षमा जिल्ला वन कार्यालय घोराहीले सामुदायीक वन संरक्षणका लागि तारबार गर्न बिनियोजन गरेको १० लाख रुपैयाले पोल गाड्ने काम भईरहेको ईलाका वन कार्यालय मलवार दाङका रेञ्जर ईश्वरी बस्नेतले जानकारी दिनुभयो । तारबार सगै उक्त क्षेत्रफलमा खैर,मसला,जामन,बेत लगायतका प्रजातीका बिरुवा रोपिने बताउनुभयो ।
    उक्त योजनालाई सफल पार्न उपभोक्ताहरुको भेला आज शनिबार ववई नदितटीय क्षेत्रमा सम्पन्न भएको छ । मोति सामुदायीक वनका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको भेलाले जिल्ला वन कार्यालयबाट शुरु गरिएको संरक्षणको कामलाई सहयोग र अनुगमन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । डिल्लीबहादुर बस्नेत संयोजक रहेको समितिमा बुनलाल चौधरी,अमरबहादुर बस्नेत,जगनी चौधरी र गीता चौधरी सदस्य रहेका वन समितिका यज्ञबहादुर केसीले जानकारी दिनुभयो । स्थानीय यमबहादुर बस्नेत,तिर्थबहादुर बस्नेत लगायतको भेलामा सहभागिता थियो । भेलाको सहजीकरण सुशील बस्नेतले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal