दांग लगाएत देशभर वालवालिकालाई जुकाको औषधि खुवाइदै

तुलसीपुर, १४ कार्तिक । 
देशभरका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन् । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।
वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिकाका वडाहरुमा तोकिएका केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुले औषधि खुवाउदै छन । विभिन्न खोज तथा अनुशन्धानहरुले देखाएको नतिजा अनुरुप नै नेपालमा भिटामिन ए वितरण सुरु गरिएको पाइन्छ ।

नेपाल मै भएको एक अनुशन्धानले देखाएको नतिजा अनुसार ४ देखि ६ महिनाका वच्चाहरुलाई आवश्यक मात्रामा भिटामिन ए खुवाउने हो भने करिव ३० प्रतिशत वाल मिर्त्युदर घटाउन सकिने कुरा किथ एट अलले ल्यान्सेटमा सन् १९९१ मा प्रकाशन गरेको एक अनुशन्धानमुलक लेखमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस