ताजा खबर :

समाचार

    अन्तर बैत्तिक सञ्चारबाट बालश्रम र बाल विबाह न्यूनिकरण हुन्छ

    दाङ,१९ साउन
     
    वालश्रम र वाल विवाहको न्यूनिकरण लागि अन्तर बैक्तिक सञ्चार महत्वपूर्ण हुनेमा अधिकारकर्मीहरुले बताएका छन् । नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्यु सिपीसी तुलसीपुरको आयोजनामा भएको अन्र्तरबैयक्तिक सञ्चार सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बक्ताहरुले कसको मनमा के छ भन्ने कुरा बुझ्न नसकिने भन्दै ब्यक्ति÷ब्यक्तिका बीचमा सञ्चार अर्थात कुराकानी हुन सके त्यसले वाल विवाह र वाल श्रमको अन्त्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । उनीहरुले आमाछोरी, दिदी वहिनी, बाउछोरा तथा दाजुभाइका बीचमा मात्रै पनि अन्र्तबैयक्तिक सञ्चारको राम्रो सँग हुन सके त्यसले वाल संरक्षणको पाटोलाई थप वलियो बनाउनेमा जोड दिएका थिए । न्यु सिपीसीका कार्यवहाक अध्यक्ष गोविन्द रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले सञ्चार समाज परिर्वतनको प्रभावकारी माध्यम भएको बताउनुभयो । सोही अबसरमा उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले तुलसीपुरको वडा नं ५ र ६ लाई वाल श्रम मुक्त घोषणा गर्ने अभियानमा तालिम प्रभावकारी हुने बताउनु भयो । सिविसका वाल संरुक्षण अधिकृत भरत अधिकारीले वालवालिकाको क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरु बीचमा समन्वय गरेर काम गर्न सके प्रभावकारी हुने बताउनुभयो । कार्यक्रम संयोजक भिम खत्रीले कार्यक्रमबारे प्रष्ट पार्नुभएको थियो । तालिममा उपमहानगरपालिकाका विभिन्न वडा तथा टोल, महिला समूह, आमा समूह, सामाजिक परिचालक, महिला स्वाथ्य स्वयंसेविका लगायत गरी ३० जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकहरुमा वाल अधिकार कर्मी तथा तुलसीपुर वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, समाज कल्याण अधिकृत टोप बहादुर डाँगी, वालमैत्री सहजकर्ता नानीमैया वली र पत्रकार शुसिल बस्नेत रहनु भएको थियो ।। उक्त कार्यक्रमको न्यु सिपीसीका सञ्चार फोकल पर्सन नारायण भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal