तुलसीपुरको १६ नं.वडास्तरिय क्वारेन्टाइनमा २१ जना

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्दै तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले स्थापना गरेको वडा स्तरको सामुदायिक होम कोरेन्टाइनमा १० गते सम्म २१ जना व्यक्ति रहेका छन् । 
    उक्त क्वारेन्टाइनमा पाँच जना महिला र १६ जना पुरुष रहेको कोरेन्टाइन ब्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र के.सी.ले जानकारी दिनु भयो । उनीहरु बैशाख ८ गते देखि १० गतेसम्म काड्माण्डौं, पोखरा नुवाकोट लगायतका स्थानबाट आएका हुन् । उनीहरुलाई दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष भूपबहादुर केसीले जानकारी दिनु भयो । उनीहरुको नियमितरुपमा नगर स्वाथ्य क्लिनिक तुलसीपुर १६ ले चेकजाच गरिरहेको स्व्वास्थ्य क्लिनिकका प्रमुख थलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 
त्यसैगरी काठ्माण्डौंबाट आएका एक पुरुष र तीन जना महिला आफ्नै घरको होम क्वारेन्टाइनमा बसेको सूचना तथा सञ्चार समितिका सदस्य शालिकराम मुसाफिरले जानकारी दिनु भयो । क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुलाई खाद्यान्न तथा आवश्यक सामाग्राी वडा कार्यालय, स्वास्थ्य महाशाखा तथा स्थानीय दाताहरुले व्यस्था गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस