ताजा खबर :

समाचार

    अरनीको मैदानको संरक्षणको पहल गरिदै ः नगरविकास समिति

    दाङ,१९ साउन
     
    तुलसीपुर नगरविकास समितिले तुलसीपुरको अरनिको मैदानको स्तर उन्नति र संरक्षण गर्ने काम पनि शुरुवात गरेको छ । उक्त मैदानको तिन स्थानमा च्यानल गेट निर्माण हुने अध्यक्ष यज्ञबहादुर केसीले जानकारी दिनुभयो । अरनिको मैदान सफा र त्यसको हेरफेर गर्न एक सहयोगीको समेत व्यवस्था मिलाइएको केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार नगर विकास स्वामित्वमा रहेको सम्पति संरक्षण र अभिलेख गर्ने तयारी गरिएको छ । नगरविकास समितिको कार्यकक्षमा आज बिहीबार नगरविकास समितिका पूर्व अध्यक्षहरु संग बिभिन्न बिषयमा छलफल गरिएको नगर विकास समितिले जनाएको  छ । छलफलमा संस्थापक सदस्य सचिव वामदेव शर्मा,तुलसीपुर नगरपालिकाका संस्थापक मेयर शंकर प्रसाद आचार्य,पूर्व अध्यक्षहरु राममणि न्यौपाने, इन्द्रजित चौधरी, कृष्ण गोपाल गुप्ता,चुर्ण नेपाली, राजन खड्का लगायतको सहभागिता रहेको थियो ।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal