दल विभाजन सम्वन्धि अध्यादेशबारे सांसद मेटमणी चौधरीको टिप्पणी- 'क्लीन्टन-मोनिकावीचको अवैध सम्वन्ध र इराक आक्रमण जस्तै'

सजिलै दल फुटाउन मिल्नेगरि हिजो जारी गरिएको अध्यादेशपछि नेपाली राजनीतिमा अनेकन अड्कल बाजी सुरुभएका छन् । नेकपाका एकजना नेता तथा सांसद मेटमणी चौधरीले केपी शर्मा ओलीको उक्त कदमलाई तत्कालिन अमेरिकी राष्ट्रपति विल क्लीन्टन र मोनिका लोवेन्स्कीवीचको अवैध सम्वन्ध सित तुलना गरेका छन् । सामाजिक सञ्जाल फेसवुक मार्फत उनले भने, 'अमेरिकी पूर्ब राष्ट्रपति क्लीन्टन  र उनकी प्रेमिका मोनिका लोवेन्स्की बिचको अबैध सम्बन्धलाई लिएर साँसदहरू सिनेटमा कुरा उठाउने तयारि गरिराख्दा अमेरिकाले इराक माथि आक्रमण गगथ्र्यो र साँसदहरूको ध्यान दुई देशको लडाइँमा केन्द्रित हुन्थ्यो । अन्तत : किलिन्टन सुरक्षित हुन्थे । यसैगरि नेपाल कम्युनिष्ट पार्टि नेकपा को सचिबालयको निर्णय बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने थियो । यसको कार्यन्वयनको लागि सचिवालयमा दवाब हुनु स्वभाबिक नै थियो । यो दबाबलाई डाइभर्ट गर्नु जरूरि ठानेर यो अध्यदेश आएको हुनुपर्छ ।'

माधवकुमार नेपाल निकट मानिने उनले थप प्रष्ट पार्दै भनेका छन्, 'यसले ओलि माथिको दबाब डाइभर्ट भएको छ भने सचिवालयको बहुमतले निर्णय कार्न्र्वायनको लागि बढि दबाब दियो भने म पार्टि समेत बिभाजन गर्ने ठाँउमा पुग्न सक्छु भन्ने सन्देश दिँदै आफूलाई सुरक्षित गर्न प्रयास गरेको देखिन्छ ।' 

सांसद चौधरीले यो प्रक्रियावाट कोहि पनि आत्तिनु जरूरि नभएको उल्लेख गर्दै कसैको लागि सामान्य प्रकृया मानिएपनि पार्टि एकताको समृद्धिमा नेपाल राष्ट्र र नेपाली जनताको सुरक्षित भबिष्य देख्ने हरेक कार्यकर्ताहरूका लागि अध्यादेश चिन्ताको बिषय भने भएको भन्दै पार्टि बिभाजनको निष्कर्ष निकाल्नु चाहि हतार हुने उल्लेख गरे । 
नेता चौधरीले पार्टि कार्यकर्ता र समर्थक अनि शुभचिन्तकहरूले अनावश्यक चिन्ता गर्नु पर्ने जरूरि नभएको पनि प्रष्ट पारे पनि उनको भनाईले नेकपामा गुटगतको राजनीति अझ वलियो भएर जाने संकेत गर्नुका साथै कोरोनाको महामारीका वेला सरकारका तर्फवाट चालिएका बेप्रसंगका यस्ता कार्यले आम जनतामा भने निराशा पैदा भएको भान हुन्छ । 

प्रतिकृया दिनुहोस