समाचार

    जिल्ला समन्वय समिति ३२ गते गठन हुदै

    दाङ,१९ साउन
     
    संबिधानमा ब्यबस्था गरिए अनुसार जिल्ला विकास समिति जिल्ला समन्वय समितिको संरचना बन्न लागेको दाङको जिल्ला समन्वय समितिकोे निर्वाचन साउन ३२ गतेदेखि शुरु हुदैछ । सम्पूर्ण अधिकार स्थानिय तहमा निहित भएपछि जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गर्ने ब्यबस्था छ । सोही अनुरुप बन्न लागेको जिल्ला समन्वय समितिको पूर्णताका लागि दाङमा सोमवार देखी सुरु भएको निर्वाचन प्रक्रिया अन्र्तगत साउन ३२ गते निर्वाचन हुनेगरी कार्यतालीका तयभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साउन १६ गते मतदाताहरुको नामावली प्रकाशन, १७ गते नामावली सच्याउने, १८ गते संशोधित नामावली प्रकाशन गर्ने, १९ गते मतदाताको नामावलीमा उजुरी दिने, २० गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालीका रहेको मुख्य निर्वाचन अधिकृत एवं न्यायधिस चुरामन खड्काले जानकारी दिनुभयो । त्यसैगरी २१ गते उमेद्धवारको मनोनयन पत्र दर्ता,२२ गते उमेद्धवारको सुचि प्रकाशन, २३ गते उमेद्धवार माथी विरोधमा उजुरी लिने, २४ गते मनोनयन पत्र जाँच र उजुरी उपर निर्णय लिने, २५ गते नामावली प्रकाशन गर्ने,२६ गते उमेद्धवारले आफ्नो नाम फिर्ता लिने,२७ गते अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते उमेद्धवार लाई निर्वाचन चिन्ह प्रदान गर्ने र ३२ गते मध्यान्ह १२ वजे देखी २ वजे सम्म निर्वाचन हुने कार्य तालीका रहेको छ । समन्वय समितिमा प्रमुख र उप प्रमुख सहित ९ सदस्यीय हुने व्यवस्था छ । समितीमा प्रमुख, उपप्रमुख वाहेक अन्य निर्वाचित सदस्यहरु समन्वय समितीमा लड्न पाउनेछन । 
    यसअघि निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखले समन्वय समितीमा मतदान गर्न पाउने व्यवस्था छ । 
    ९ सदस्यीय समन्वय समिति गठनमा १० तहका १० जना प्रमुख र १० जना उपप्रमुख गरि २० जना मतदाता हुनेछन । 

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal