समाचार

    तुलसीपुर नगरमा साझा बस सञ्चालन गर्न नगरप्रमुखको सहकारीलाई प्रस्ताव

    दाङ,१८ साउन
     
    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ५० प्रतिसत नगरपालिकाले शेयर हाल्ने गरि साझा यातायात सञ्चालन गर्न सहकारीकर्मीहरुलाई आग्रह गर्नुभएको छ । अव सानो उदेश्यले होईने ठुलो भिजनका साथ अगाडी बढ्न साझा सहकारीबाट सञ्चालन हुने गरि नगरबस सञ्चालन वा कोओपरेटिप मार्केट सञ्चालन गर्नुपर्ने सुझाब दिनुभयो । सहकारीहरुलाई दुई वर्गमा बिभाजन गर्नुपर्ने सुझाब दिनुभएका मेयर पाण्डेले एउटा गरीव तथा  विपन्न समुदाय लक्षित हुनुपर्छ,जुन उनीहरुको आर्थिक सम्बृद्धिको लागि हुने छ । भने अर्को राज्यलाई सहयोग पुर्याउने किसीमको उदेश्यले संगठत भई साझा बस र कोओपरेटिप मार्केट सञ्चालन जस्ता कार्य गर्नुपर्ने बताउनुभयो । लिप्ट भएका भवन नै छैनन्,अव ५÷७ तल माथि चिया कफी खाने र सहकारी सम्बन्धी अन्तरक्रिया गर्ने भवन तुलसीपुर बजारमा वनाउन सके स्मार्ट शहर बन्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै उपमेयर माया आचार्यले साना किसानका लागि सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सहकारी डिभिजन कार्यालय दाङका प्रमुख बिनोद पौड्ेलले संबिधानको अनुसुचिमा समेत उल्लेख भई आई सकेकाले अव सहकारी स्थानिय तहमा निहीत हुने बताउनुभयो । केही समय मात्र समन्वयकारी भूमिका खेल्ने सहकारी डिभिजन कार्यालयले पछिल्लो समयमा सहकारी दर्ता समेत गर्न छोडेको जानकारी दिनुभयो । सो अबसरमा सहकारीकर्मीहरुले आफुहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारीकरण र उचित मूल्यको ब्यबस्था गरिनुपर्ने माग गरेका छन् । त्यस्तै रासायनीक मल,बिउबिजन,तालिम लगायतको ब्यबस्था मिलाउन स्थानिय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सो अबसरमा सहकारीकर्मीहरु भगवती धिताल,यमकुमारी खडका,लोकेश्वरी अधिकारी,चिरिञ्जीबि केसी,हरिप्रसाद भूषाल, लिलाधर डाँगी, बलदेव आचार्य,सीता भण्डारी लगायतले बोल्नुभएको थियो । जिल्ला सहकारी संघका उपाध्यक्ष शेषुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर सहकारी सञ्जालका शुक्रराज भण्डारीले अवधारण पत्र प्रस्तुत गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा दिगो विकासका लागि प्राप्तीका लागि सहकारी–सवल स्थानिय तहका लागि सहकारी बिषयक अन्तरक्रिया कार्यक्रमको सहजीकरण नगरस्तरीय सञ्जालका सदस्य नारायण भण्डारीले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal