युवतीले हत्या गरिन श्रीमान

प्युठानको मर्कावाङमा युवतीले श्रीमानको हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया श्रीमति निशाले चिर्पटले हानेर हत्या गरेकी प्रहरीले जनाएको छ ।
दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी श्रीमतिलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई श्रीमतिले दाउराको चिर्पटले श्रीमानको टाउकामा प्रहार गरेको प्रहरीले बताएको   छ ।
श्रीमतीको प्रहारबाट गम्भीर घाइते अधिकारीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
भाउज्यू र उनका बाबुले मिलेर दाइको हत्या गरेको आरोप मृतकका भाइ हेमराजले लगाएका छन् । श्रीमतीले आफूले चिर्पटले प्रहार गरेको स्वीकारेको र हत्यामा अन्य व्यक्तिको संलग्नता भएनभएको अनुसन्धान शुरु भएको दाङका प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस