तुलसीपुर आईपुग्ने यात्रुलाई गन्तब्य पुग्ने र खानेको चिन्ता गर्नुपदैन्

लकडाउनका कारण अलपत्र परि तुलसीपुर सम्म आईपुगेका कुनैपनि ब्यक्तिलाई भोकभोकै बस्नुपर्छ की भन्ने चिन्ता अव टरेको छ । तुलसीपुरमा शनिबार सम्पन्न बिभिन्न संघ संस्थाले देशका कुनैपनि क्षेत्रबाट अलपत्र परि तुलसीपुर आईपुगेका ब्यक्तिलाई खाना,आराम गर्ने र गन्तब्य सम्म पुग्ने ब्यबस्था मिलाउने सहमति गरेका हुन ।
तुलसीपुर स्थीत अरणीको मैदान र श्री गणेश पार्टी प्यालेसमा खाना खुवाने र आरामका लागि ब्यबस्था मिलाउने तयारी गरिएको छ । सोही स्थानबाट सवारीको साधानको ब्यबस्था गरिने र गन्तब्य सम्म पु¥याईने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले जानकारी दिनुभयोे ।
ती ब्यक्तिहरुको राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गराईने तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रबर्दन महाशाखाका बिमल केसीले बताउनुभयो । शनिबार लम्जुङ,धादिङ लगायतका स्थानबाट आईपुगेका ५६ जनाको स्वास्थ्य परिक्षण गरिएको र स्वास्थ्य अबस्था कसैकोपनि शंकास्पद नभएको केसीले बताउनुभयो ।
स्वास्थ्य परिक्षणमा केहि समस्या देखिए क्वारेन्टाईनमा राखिने उनीहरुको स्वास्थ्य अबस्थाका बारेमा स्थानिय सरकारलाई जानकारी गराईने छ । 
सामाजिक अभियान्ता बिमल रिजालले चामल र तेलको ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्रिसिद्देश्वरि राप्ति यातायात प्रालिका अध्यक्ष सुरेश हमालले अलपत्र परेका ब्यक्तिहरुलाई गन्तब्य सम्म पु¥याईने र त्यसको ब्यबस्था प्रालिले लिएको बताउनुभयो ।
शनिबारदेखि केही ब्यबस्थीत गरिएको बताएका हमालले सल्यानको श्रीनगर र बबईगाँउपालिकाको हंसपुर सम्म तुलसीपुरका सवारी साधानले यात्रुलाई पु¥याईदिने र त्यसपछि स्थानीय तहले ब्यबस्था गर्ने गरि सहमति जुटेको हो ।
खाना खुवाउनको ब्यबस्थापन,साबुन पानीले हात धुने स्थान, मास्क र अन्य आबश्यक तयारिका लागि सबै सस्थाहरुले प्रत्येक दिन तिन जना स्वयम सेबकहरु खटाउने छ ।   
यसअघि शुक्रबार तुलसीपुर आईपुगेका १०९ जना यात्रुलाई उपमहानगरपालिकाको पहलमा गन्तव्यसम्म पु¥याइएको हो । 
सल्यान,रुकुम र बबई गाउँपालिका सम्म पु¥याएकोे तुलसीपुर उपमहानगरपालिका वडा नं ५का अध्यक्ष बिरेन्द्र कुमार शाहीले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ लगायतका स्थानबाट झण्डै १० दिनसम्म हिडेर तुलसीपुर आईपुगेका थिए ।
बाटोखर्च नहुँदा चाउँचाउँको भरमा यहाँसम्म आएको वताएका ती पैदल यात्रुलाई वडाध्यक्ष विरेन्द्र शाह लगाएतले खानाको व्यवस्था गर्नुभएको थियो ।
यात्रुहरुलाई घर सम्म पु¥याउन त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले वस सहयोग गर्नुभएको थिए भने सम्वन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले पनि गाडिको व्यवस्था गरेको थियो ।
 

प्रतिकृया दिनुहोस