दाङको भारतीय सीमाबर्ती क्षेत्रका थप ३ नाकामा सशस्त्र प्रहरी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङको नेपाल भारत सीमाक्षेत्रमा सुरक्षामा कडाई गरिएको छ । 
लकडाउनको समयमा सिमा क्षेत्रमा मानिसहरुको आउने जाने क्रमलाई रोक्न र लकडाउनका क्रममा हुने आपराधीक गतिविधि रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समिति दाङले शुक्रबारदेखी जिल्लाका थप ३ नाकामा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट स्थापना गरेको हो ।
आजदेखी दाङका खवरी, डगमारा र भैसाही नाकामा सशस्त्र प्रहरीको अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।शुक्रबार स्थापना गरिएका तीन सुरक्षा पोस्टसंगै अव दाङको नेपाल(भारत सिमा क्षेत्रका १० ठूला नाकाहरुमा सुरक्षा पोस्ट पुगेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । 
उहाका अनुसार करिब एक महिना अघि सालभौरी, गुरुङ, पटौली, खङ्गा नाकामा सशस्त्र प्रहरीको सिमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो । 
यी स्थापना गर्नुअघी प्रमुख नाका कोइलावास र सुनपथरी नाका सिमा सुरक्षा पोस्ट रहेको थियो । स्थापना गरिएका अस्थायी सुरक्षा पोस्टमा ३० देखि ४० जनासम्म सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।
उहाका अनुसार भारतसँग सिमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अनिश्चितकालका लागि बन्द भएको छ । 
जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।
         
                                                           कोभीड १९ को दाङमा अहिले सम्म शुभ संकेत 
दाङमा अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएका सबैलाई होम क्वरेण्टीनमा रहने गरी शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । अहिले बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेशनमा कोही पनि छैनन् । 
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएसँगै दाङमा स्वाब परीक्षण गरिएकाको सङ्ख्या ५७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो। जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै, दाङका विभिन्न पालिकाले बनाएका क्वरेण्टीनमा रहेका १७ जनार्को यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । उनीहरूको नतिजा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताउनुभयो ।
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेशनमा रहेका आठ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भेटिएको छैन ।
बिहीबार मात्रै तुलसीपुर उपमहानगरपालिका ५ मा रहेका एक परिवारका तीन सदस्यसहित राप्ती गाउँपालिका १ का अर्का एक परिवारका पाँच सदस्यको रिपोर्ट नेगेटिभ आएको हो ।
तुलसीपुरका तीन बाबु छोरालाई कोरोनाको आशङ्कामा स्वाब परीक्षणको लागि पठाइएको थियो । भारतीय मस्जिदबाट त्यस परिवारका व्यक्ति भर्खरै मात्र आएको भन्ने हल्ला व्याप्त भएपछि स्थानीय प्रशासनको सहयोगमा स्वाब परीक्षण गर्न पठाइएको थियो । यस्तै, बिहीबार नेगेटिभ रिपोर्ट आउनेमध्ये अर्का पाँच जना एकै परिवारका सदस्य हुन् ।
                                       
                                               दुई हप्ता नपुग्दै साँढे १२ हजार परिवारलाई राहत बितरण 
दाङमा १२ दिनको अवधीमा साढे १२ हजार बिपन्न घर परिवारलाई राहत वितरण गरिएको छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका क्रममा समस्यामा परेका दैनिक मजदुरी गरी खाने गरिव, बिपन्न तथा मजदुर १२ हजार ५ सय ६१ घर परिवारलाई स्थानीय तहसंगै विभिन्न संघसस्थाहरुले खाद्यान्न सहयोग गरिका हुन् ।
चैतको २१ गतेदेखि अहिलेसम्म जिल्लाको राजुपर गाउँपालिका बाहेक ९ वटा स्थानीय तहमा २७ हजार ६ सय ८२.५ किलो चामल वितरण गरिएको जिल्ला आपत्कालिन कार्य सन्चालन समितिका सूचना अधिकारी विश्व आर्यालले जानकारी दिनुभएको छ ।
उहाका अनुसार १७ हजार ५९.४ किलो दाल,१२ हजार १ सय ८३.५ किलो नुन, १० हजार ९ सय ४५ लिटर तेल र ११ हजार ३ सय २९ पिस हातधुनलाई सावुन वितरण गरिएको छ ।
लकडाउनका क्रममा घोराहीमा उपमहानगरपालिकामा १ हजार ६७ घर परिवारलाई राहत उपलब्ध गराइएको छ । उपमहानगरपालिकासंगै विभिन्न संघसस्थाहरुको समन्वयमा २१ हजार ७ सय ७० किलो चालम,१६ हजार ५ सय किलो दाल,नौ सय ९९ सय किलो नुन,८ सय १९।५ लिटर तेल र ९ सय ४३ पिस सावुन वितरण गरिएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ५ हजार ४९ परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ । जसमा १ लाख १० हजार १ सय ९० किलो चामल,४ हजार ६ किलो दाल,४ हजार ७ सय ७९ किलो नुन, ३ हजार ३ सय ६४ लिटर तेल र ७ हजार ३ सय ७० पिस साबुन वितरण गरिएको जिल्ला आपतकालीन सन्चालन समितिले जनाएको छ ।
लमही नगरपालिकामा १ हजार ७ सय २१ घरलाई खाद्यान्न उपलब्ध गराइएको छ । जसमा ४२ हजार १ सय ८० किलो चामल,१ हजार ८ सय ७० किलो दाल र एक हजार ४ सय साँढ ७५ लिटर तेल अतिबिपन्न परिवारलाई वितरण गरिएको छ ।
 

प्रतिकृया दिनुहोस