सरकारको एम्बुलेन्स नीति ल्याउने तयारी

तुलसीपुर ५ फागुन/

बिरामीलाई बेलैमा उपचार दिन भन्दै सरकारले एम्बुलेन्स नीति ल्याउने तयारी गरेको छ । एम्बुलेन्स नीति अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नीतिमा बिरामीको अवस्था हेरेर एम्बुलेन्सलाई बर्गिकरण गरिएको छ । 

जटिल अवस्थाका बिरामीलाई उपचार कक्षसहितको क वर्गको एम्बुलेन्स, त्यसपछि अरु बिरामीलाई  ख र  ग वर्गको एम्बुलेन्स उपलब्ध गराइने नीतिमा उल्लेख छ । 

अहिले विरामी बोक्ने एम्बुलेन्स ग वर्गका मात्र भएकाले पनि जटिल बिरामीलाई उपचारमा समस्या हुने गरेको छ ।

यस्तै बिरामीले देशभरिका जनुसुकै ठाउँमा एम्बुलेन्सका लागि सम्पर्क गरे पनि अब एम्बुलेन्स पाउन सक्ने छन । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको सर्जाल बनाई सेवामा एकरुपता र प्रभावकारी बनाउने तयारी गरेको हो । 

यो नीति आएपछि बिरामीले एम्बुलेन्सका लागि भौतारिनु नपर्ने मन्त्रालयको दाबी छ ।

यस्तै नयाँ नीतिमा सबै एम्बुलेन्सको रंग एउटै हुनु पर्ने पनि उल्लेख गरिएको छ । 

यस्तै एम्बुलेन्सका चालकले अनिवार्य तालिम लिएको हुनुपर्ने छ भने एम्बुलेनसको पनि नविकरण गर्नु पर्नेछ ।

यस्तै एम्बुलेन्सले बिरामी बोकेको दूरीसहितको सबै विवरण मासिक रुपमा मन्त्रालयमा बुझाउनु पर्ने स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस