अबको चासो, दैनिक उपभोग्य बस्तु र मल-बिउ ब्यबस्थापनमा पनि हुनुपर्छ : पालिका प्रमुखहरु

संबाद समूहले कोभिड १९ र जिल्ला समन्वय समिति तथा स्थानीय तहको भूमिकामा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ । जिल्ला समन्वय समिति दाङ,शान्तिनगरगाँउपालिका र दंङगीशरण गाँउपालिका बिच बुधबार संबाद गराएको हो । भीडियो कन्फ्रेरन्स मार्फत गरिएको संबादमा दङगीशरण गाँउपालिका अध्यक्ष भागीराम चौधरीले अव लगडाउन लम्बिन गएमा खाद्यन्न आपुर्ति, दैनिक उपभोग्य बस्तु र कृषि मल र बिउको अभाब हुने बताउनुभयो ।
हाललाई श्रमीक र बिपन्न समूदायको पहिचान गरि राहत बितरण गरिएको जानकारी दिएका अध्यक्ष चौधरीले अन्य दैनिक उपभोग्य बस्तुको आपुर्तिका लागि भने कठिनाई हुने बताउनुभयो । करिव एक महिनाको लकडाउनमा अन्य बस्तुको उपयोग जसो तसो चलेपनि अव भने गाँउघरमा आपुर्तिको ब्यबस्था मिलाउनुपर्ने अबस्था सृजना हुने संकेत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,बर्षदिनका लागि गरिने बर्षे खेतिको संघारमा छौ,अव मल बिउको पनि आबश्यकता पर्ला,यस तर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।
शान्तिनगरगाँउपालिका अध्यक्ष कमानसिंह डाँगीले पालिकाहरुले अहिले सम्म दैनिक छाक टार्न नसक्ने परिवार र ब्यक्तिको पहिचान गरि राहत बितरण गरेको बताउनुभयो । परिर्वर्तित अबस्थामा भने लकडाउन लम्बिन गए हुनेखाने परिवारले मुठि दान गर्नुपर्ने अबस्था आउने बताउनुभयो । उहाँले भन्नुभयो,आफु पनि भोगबाट बँच्ने र अरुलाई पनि बँचाउनु प¥यो,यसका लागि सबैलाई आह्वान गर्छु,अध्यक्ष डाँगीले भन्नुभयो । संकटको बेला संघिय सरकार,प्रदेश सरकार र पालिका बिच समन्वय आबश्यक रहेको बताउनुभयो । यसका लागि जिल्ला समन्वय समितिले समन्वयको भूमिका खेल्ने बिश्वास अध्यक्ष डाँगीको छ । जिल्ला बाहिर रहेका ब्यक्तिले खान र बस्न नपाएको फोन गर्नुहुन्छ,यसमा प्रदेश  र जिल्ला समन्वय समितिले ती जिल्लाका समकक्षीहरुलाई फोन मार्फत ब्यबस्थापन गरिदिनु प¥यो डाँगीले आग्रह गर्नुभयो ।
बनाएका क्वारेन्टाईनमा बस्न चाहदैनन्,यसका लागि मीडियाको भूमिका चाहिएको छ,भन्नुहुदै डाँगीले छिमेकी मुलुक भारतबाट आएका ब्यक्तिको खोजीका लागि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने अबस्था छ ।  जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले १० वटै पालिकाहरुका प्रमुखहरुसँग तत्कालै यसप्रकारको भीडियो कन्फ्रेरन्स गर्ने प्रतिबद्धता जनाउनुभयो । 
उहाँले पालिकाबाट आएका समस्यालाई सम्बोधन गर्न प्रदेश र संघिय सरकारसँग समन्वय गर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो,बैशाख १५ गतेसम्मको लकडाउन अर्को पटक थप भए त्यसको पूर्ब तयारीमा जुट्नुपर्ने सुझाउनुभयो । लकडाउन नै सबैभन्दा राम्रो ओखती कोरोना भाईरस संक्रमण बिरुद्ध भएको साबित भईसकेकाले यसलाई पूर्ण रुपमा पालना गर्न र गराउन सबैलाई आग्रह समेत गर्नुभयो । संबाद समूहका सहजकर्ता सुष्मा गिरीले सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
संबाद समूहले यसअघि कोभिड १९ र प्रमुख जिल्ला अधिकारीको भूमिका,कोभिड १९ र चिकित्सको भूमिका,कोभिड १९ र स्थानीय तहको भूमिका, कोभिड १९ र उद्योग बाणिज्य संघको भूमिकाका बिषयमा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको थियो । संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस