फेसबुकमा स्ट्याटस लेखि भ्रम सृजना गरेका युवक घोराहीमा पक्राउ

फेसबुक स्टयाटस लेखि समुदायमा भ्रम सृजना गरेका घोराहीका दिपक न्यौपाने मंगलबार पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर ५ का २८ बर्षिय दिपक न्यौपानेले दाङमा पनि एक जना कोरोना भाईरसबाट संक्रमति ब्यक्ति भेटिएको भनी तथ्यहिन तथा समुदायमा भ्रामक बिबरण पोष्ट गरी डर त्रास फैलाउने काम गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमीत खड्काले जानकारी दिनुभयो । उहाँमाथि आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस