३६ जना रक्तदाताबाट ओ पोजेटिभ रक्त दान

लगडाउनका कारण रक्तदानका कार्यक्रम हुन नसक्दा रक्त सञ्चार केन्द्र तुलसीपुरमा ओ पोजेटिभ रगतको अभाव भएको थियो । ओ पोजेटिभ रगत अभाव रक्त सञ्चार केन्द्रमा भन्ने सामाजीक सञ्जालमा सोमबार प्रकाशित भएलगतै रक्त दाताहरुले रक्तदान गर्न शुरु गरेका थिए । 
आईतबार र सोमबार दुईदिनमा झण्डै ३६ जनाले रक्त दान गर्नुभएको   छ ।
सोमबार रोट्याक क्लव तुलसीपुरका प्रतिक केसी, प्रदिप केसी,रन्जन सिंह,सुनीता देवकोटा,प्रदिप गोराथोकी, किरण पुन,भीमलाल मरासीनि, सचिन पौड्ेल, लक्ष्मण शर्मा,अर्जुन केसी, हरिस गिरी,भुवन केसी,प्रकास डाँगी र ईश्वर केसीले गर्नुभएको थियो । 
सोमबार नै तुलसीपुर नगर जेसीजका पूर्णबहादुर डाँगी,शैलेन्द्र वली,बसन्त शाही ठाकुरी, कृष्ण पोख्रेल,शिव न्यौपाने र मेघराज पोख्रेलले रक्तदान गर्नुभएको थियो ।
यसअघि,व्यावसायि बिमल रिजाल र उहाँका छोरा रिषभ रिजाल, रोट्र्याक क्लबका सुरज रायमाझी,प्रबिण अधिकारी,बेगर केसी, बिनेश पाण्डे, महापुच्छ्रे बैंकका सुरज पुर्ण वली,प्रकाश तिमिल्सिना, दाह्री ग्याङका प्रकाश भण्डारी, द्रोर्ण बुढा मगर, संगीता रिजाल,अन्जु रिजाल, अजय रिजाल, देबिराम गोराथोकी, मदन खड्का र जेनिश योगीले रक्त दान गर्नुभएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस