"स्थानीय तह र प्रहरी विच समन्वय हुन आवश्यक"

सल्यान, १३ कार्तिक ।
स्थानीय तह र प्रहरी विच समन्वय हुन आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । समन्वय नहुँदा प्रहरी र स्थानीय तहको फरक फरक सत्ता जस्तो देखिने भएकाले जनप्रचिनिधी र प्रहरीविच समन्वय तथा सहकार्यमा वक्ताहरुले जोड दिएका हुन् । समुदाय प्रहरी साझेदारि निर्माण गरि कार्यान्वयन गर्नका लागी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सल्यान, कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले स्थानीय तह संचालनमा प्रहरीको सहयोग अपरिहार्य रहेको बताउनुभयो । 
कपुरकोटमा आयोजित कार्यक्रममा मंगलबार सेनले सार्वजनिक सम्पत्तिहरुको सुरक्षा तथा संरक्षण, परम्परा तथा चाडपर्वको सुरक्षा व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, घटनास्थल सुरक्षा, मुचुल्का तयारी, सुरक्षा सचेतना एवम् मदिरा तथा लागूपदार्थ नियन्त्रणमा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहिले स्थानीय तह र जनप्रतिनिधीसंग समन्वय गरेर अघि बढिने जनाउँदै आफु मातहतका समपूर्ण इकाइलाई यसबारे निर्देशन भइसकेको जनाउनुभयो । उहाँले समुदाय सुरक्षालाइ प्रवद्र्धन गर्न भर्खरै सुरु भएको समुदाय प्रहरी साझेदारिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाको तर्फबाट अध्यक्ष सेन र जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरिक्षक शाहीले समुदाय प्रहरी साझेदारि निर्माण र कार्यान्वयन गर्नका लागी समझदारि पत्रमा हस्ताक्षर समेत गर्नुभएको छ । 
नायव सुब्बा जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, वडा अध्यक्ष तथा कार्यापालिका र वडा सदस्यहरुको सहभागीता थियो । 
 

प्रतिकृया दिनुहोस