शान्ति समाजले राहत सामाग्री हस्तान्तरण

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले कोरोना भाईरस संक्रमण(कोभिड १९)का लागि लागु गरिएको लकडाउनका कारण दैनिक चलाउन नसक्ने अबस्थामा पुगेका परिवारलाई राहत उपलब्ध गराएको   छ । शान्ति समाजले साँढे २३ हजार मूल्य बराबरको चामल,दाल लगायतका दैनिक उपभोग्य बस्तु तुलसीपुर उपमहानगरपालिकाकालाई उपलब्ध गराएको   हो । 
तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल लगायतले साँढे १३ हजार मूल्य बराबरको चामल समेत शान्ति समाजलाई सहयोग गर्नुभएको थियो । शान्ति समाजका केन्द्रिय तथा शाखा तथा शुभेच्छुकबाट प्राप्त राहत सामाग्री दैनिक श्रम गरि खाने र अति बिपन्न समूदायलाई बितरण गर्ने गरि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त राहत सामाग्री शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत र शाखा सभापति शरद रेग्मी,पुर्ब केन्द्रिय सदस्य निर्मल नेपाली,उपसभापति तुलसीराम सुनार,सचिब निर्मला योगी,सहसचिब उषा गौतम लगायतले हस्तान्तरण गर्नुभएको हो ।
राहत सामाग्री मेयर बिपत कोषमा जम्मा गरि बितरण गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँले स्वयसेवी संस्थाले संकटबेला गरेको राहतले ठुलो अर्थ राख्ने बताउनुभयो । शान्ति समाजले बिपतका बेला देशमा परेका संकटका बखत राहत र उद्धारको कार्य गर्दै आएको   छ ।
 

प्रतिकृया दिनुहोस