कोरोनाको असर देउखुरी स्थित सिचाई आयोजनामा, समयमै निर्माण सम्पन्न नहुदा झण्डै साढे तीनसय विगाहा जमिन बाझैं

देउखुरी, २७ चैत । 
सिचाई कुलो निर्माण हुन नसक्दा राजपुर १ कठबेरुवा गाउका तीन सय ३५  घरधुरिका एक हजार आठ सय ९६ जना आश्रित परिवारलाई प्रतिकुल असर पर्ने  भयको छ भने तीन सय ११ बिगाहा जमिन मा सिचाई हुन नसकि वाझो हुने अबस्था छ । मुलुकमा कोरोना भाईरसका कारण लकडाउनको समय बढिरहदा  राजपुर १ गुरुङखोला हरियालि कठबेरुवा सिचाई आयोजना जल उपभोक्ता सस्थाले सिचाई कुलो निर्माण कार्य समयमा पुरा गर्न नसक्ने  सस्थाका अध्यक्ष सुर्यप्रसाद चौधरिले जानकारि दिनु भयो ।

आ .ब २०७४-०७५  मा सिचाई बिकास डिभिजन कार्यालय  तुलसिपुर मार्फत टेन्डर आह्वान भई उक्त निर्माण कार्य सुरु गरियको हो ।  सो सिचाई कुलोको निर्माण आ.ब २०७६ - ०७७ को असार मसान्त मा सम्पन्न गर्नु पर्ने हो। गुरुङ खोलाबाट सुरुङ  खोलि कच्चि कुलो मार्फत सिचाई गरिरहेका गाउलेहरुले पक्कि कुलो सोहि ठाउबाट बनाउदा  अहिलेको अबस्थामा  कोरोनाका कारण लकडाउन हुदा समस्या आयको गाउलेहरु बताउछन ।

अब २ महिना काम गरे कुलो निर्माण हुने थियो। तर जेठ १५ सम्ममा  पानि चलाउन का लागि ठाउ ठाउमा ट्यार्क खोलि जेसिबिले काम गर्नु पर्छ । हाल सबै काम बन्द गर्न किसानहरु बाध्य छन् । यसबाट बिउ उत्पादन गरि किसानहरुलाई  दिदै आयको सुर्योदय सहकारि सस्था लिमिटेड बेला ले बिउ बिजन उत्पादनमा ह्रास आउने जनाएको छ। सो सिचाई को निर्माणका लागि कुल दुई करोड ८६ लाख रुपैया विनियोजन गरिएको छ । जसमध्य उपभोक्ताबाट १८ लाख ७६ हजार बराबरको जनश्रमदान गरिने गरि काम शुरु गरिएको थियो । 

प्रतिकृया दिनुहोस