प्रभाबकारि स्वास्थ्य सेवाका लागि संबाद

लकडाउनबाट स्वास्थ्य सुरक्षा सम्बन्धि संबाद मंगलबार गरिएको छ । संबाद समूह दाङले जिल्लामा स्वास्थ्य अबस्था र थप प्रभाबकारिताका बिषयमा संबाद समूह दाङले प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल,राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन डाक्टर बसन्त लामिछाने र राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्भेश शर्मासँग संबाद गरेको हो । 
बिश्वभर महामारिको रुप लिदै गएको कोरोना भाईरस संक्रमणबाट जिल्लाबासीलाई कसरी बचाउन सकिन्छ भन्ने बिषयमा संबाद केन्द्रित थियो । भने कोरोना बाहेक नियमित स्वास्थ्य सेवा ब्यबस्थापनको प्रभाबकारिताका बारेमा पनि संबाद गरिएको थियो । 
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन डाक्टर बसन्त लामिछनानेले प्रतिष्ठानमा आएका सबै प्रकारका बिरामीले सेवा पाईरहेका बताउनुभयो । तर अन्य अबस्थाको जस्तो अहिले नरहेको बताउनुहुर्दै सामान्य खालका रोगहरुका लागि पनि अस्पतालमा भिडभाड गर्ने अबस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो,३०र३५ जना अप्रेशन हुने गरेका छन् । प्रस्तुती सेवा सोमबार र बिहिबार लिने गरेकोमा हाल सबै दिनमा लिन गरेको डाक्टर बसन्त लामिछानेले बताउनुभयो ।
राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्बेश शर्माले सामान्य ओपीडि सेवा सरकारले दिएको निर्देशन अनुसार बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार खोप बन्द गरिएका छन् तर फिवर खोप भने सञ्चालन भईरहेका छन् ।  
ईर्मेजेन्सी,डाईलासीस लगायतका सेवा सञ्चालन भईरहेका डाक्टर सर्बेशले जानकारी दिनुभयो । 
स्वास्थ्य संस्थामा आउने बिरामीलाई कोरोना कै बिरामी होकि भन्ने सोचाई राख्न नहुने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताउनुभयो । बिरामीको प्रकृत्तिलाई बिश्लेषण गरेर उपचारमा खटिनु पर्छ,उहाले भन्नुभयो । उहाँले पीपीई जगेडाको अबस्थामा रहेको समेत जानकारी दिनुभयो । सञ्चीत रहेकोले स्वास्थ्यकर्मीहरु आत्तिनु नपर्ने बताउनुभयो । तर क कस्ले प्रयोग गर्नुपर्छ,त्यसमा गम्भीर बन्नुपर्ने बताउनुभयो । 
स्वास्थ्य संस्थामा कोरोनाको कहरका कारण सुत्केरी तथा अन्य बिरामीहरुले स्वास्थ्य सेवा तथा उपचार नपाएको गुनासो बढ्दै गएपछि  संबाद समूहले मंगलबार संबाद गराएको हो ।

प्रतिकृया दिनुहोस