नेपालगञ्जवाट पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु हुदै

सरकारले नेपालगञ्ज लगाएत सातै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण सुरु गर्ने भएको छ । यस अघि काठमाडौं उपत्यका र  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण गर्दै आइरहेकोमा अब चाडै प्रदेश नं. ५ को नेपालगञ्जबाट पनि परिक्षण शुरु गरिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार चीनबाट सामग्री आएकाले अब नेपालगञ्ज  लगाएत हेटौँडा र पोखराबाट पनि नमूना परीक्षण गरिने छ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ७ वटै प्रदेशमा मोबाइल ल्याब सञ्चालन गरिने बताएका थिए। आज चीनबाट मोबाइल ल्याब लगायत सामग्री आएसँगै प्रदेश पठाइने स्वास्थ्य मन्त्रालयको तयारी छ।

यसअघि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस संक्रमण भए नभएको नमूना परीक्षण गरिँदै आएको थियो। प्रदेशबाट थ्रोट स्वाब काठमाण्डौं पठाएर देशभरको परीक्षण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस