नेपालगञ्ज एएरपोर्टमा नेपाल एयरलायन्सको जहाज दुर्घटना , चालक दल सदस्य र चिकित्सक सकुसल

काठमाडौंबाट कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको स्वाबको नमूना लिन आएको विमान आज मध्यान्ह तिर दुर्घटनामा परेको छ । स्वाबको नमूना लिनका लागि नेपालगञ्ज आएको नेपाल एयरलायन्सको जहाज अवरतरण गर्ने बेलामा दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाबाट कसैलाई केही भएन । चालक दलका तीन र दुई जना चिकित्सक सकुसल भएको बताइएको छ । विमानमा औषधिसमेत रहेको थियो ।

प्रतिकृया दिनुहोस