लकडाउनका अटेरीलाई मुद्धा !

फोटो सौजन्य : जिल्ला प्रशासन कायालय, दांग

लकडाउनमा पनि मान्छेहरु अटेरी वन्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ । दांगमा लकडाउनमा वाइक चलाउनेहरु माथि प्रहरीले कारवाहि शुरु गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले त्यस्ता अटेरी व्यक्तीहरुका मोटरसाइकलका चाबी जफत गरि उनीहरुलाई चेतावनि समेत दिएको छ ।  सरकारले गत मंगलवारदेखि लकडाउन घोषणा गरेको छ। कसैलाई पनि अनुमतिविना घरबाहिर ननिस्किन भनिएको छ। तर, लकडाउन भएको दिनमा पनि सडकमा देखिने मानिसको सङ्ख्या पनि बढ्न थालेपछि प्रहरीले कडाइ शुरु गरेको हो । प्रहरीले राज्यको लागि भन्दा पनि जनताको सुरक्षाका लागि लकडाउन भएकाले अब थप कडारुपमा प्रस्तुत हुने भएको छ। पहिलो दोस्रो दिने धैरैले बुझेनन्। थाहा पाएनन् होला भनेर पनि छोडियो। अब त्यस्तो हुँदैन सडकमा देखियो कि समाउने हो, प्रहरीको भनाई छ । त्यस्तै ट्राफिक प्रहरीले पनि अनुमति नलिइ सवारी चलाउनेलाई नियन्त्रणमा लिइरहेको छ ।

यसरी समातिएकाहरुलाई के गर्ने त ? प्रहरीका अनुसार अवस्था हेरी केही घन्टा प्रहरी नियन्त्रणमा राखिन्छ। दिनभरि पनि राख्न सक्ने प्रहरीले जनाएको छ। कोरोनाको त्रासका कारण हिरासतमा भने राखिँदैन। तर दांग प्रहरी भन्छ, "अटेरीलाई मुद्धा चलाउछौ" । 

प्रतिकृया दिनुहोस