कोरोना आशंकीत दाङका दुई युवाको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमणको आशंका गरिएका दाङका दुई युवामा त्यसको लक्षण नरहेको पुष्टि भएको छ । भारतको गोलगाँउवाट आएका घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ वर्षीय एक किशोर र जापानवाट आएका घोराहीका अर्का एक २६ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको  प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले वताए । आशंकीत दुबैजनामा कोरोनाको संक्रमण फेला नपरेको वताइएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले दुई दिन अगाडि मात्रै  उनीहरु दुईजनाको स्बाव लगेर आफैं काठमान्डौं गएकी थिइन । शुक्रवार मात्रै त्यसको रिपोर्ट सार्वजनकि भएको हो । काठमान्डौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रवार उक्त रिपोट दिएको हो ।

प्रतिकृया दिनुहोस