द्धन्दकालमा बन्द भएको भोटे मेलाको पूर्न जिवन

झण्डै २० बर्षपछि तुलसीपुरको पर्सेनीमा ‘भोटे’ मेला सुरु भएको छ । राजाको जन्मदिन,प्रजातन्त्र दिवस,राष्ट्रिय एकता दिवस बाहेक तुलसीपुर र आसपासका नागरिकलाई मनोरञ्जन दिने एक मात्र थालो कालाखोला थियो । दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिन्छ । तत्कालिन हलवार र हाल तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को कालाखोलामा जुम्लाबासीले ब्यापार गर्न ल्याएका घोडा दौड समेत प्रतियोगीता तत्कालीन अबस्थामा हुने गरेको जानकारहरुले बताउँछन् । घोडा र जुम्ला हुम्लाबाट ब्यबसायिक द्धष्टीकोणले ल्याएका राडीपाखि,जडीबुटि समेत बिक्रि गर्ने थलोको रुपमा भोट मेलालाई लिने गरिन्थ्यो । मेलामा नाँचगान,मदिरापान,ब्यबसायिक कारोबार उत्तिकै हुने गर्र्दथ्यो तर बार्षिक रुपमा लाग्ने भोटे मेला नेकपा माओबादीको सशस्त्र द्धन्दकालदेखि पूर्ण रुपमा बन्द भएको थियो ।
भोटे मेलाको महत्वलाई मध्यनजर गर्दै तुलसीपुर उमहानगरपालिका वडा नम्वर ७ ले झण्डै २० वर्ष पछि पुनः लागेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष एवं मेला मुल समितिका सयोजंक टोपबहादुर केसीको अध्यक्षतामा भोटे मेलाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो ।  महाशिवरात्रीको अवसर पारेर उद्घाटन गरिएको मेलामा सहभागिहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले तुलसीपुर उपमहानगरपालिका भित्र पढाईहुने विद्यालयहरुमा भोटे मेलालाई स्थानिय पाठ्यक्रम भित्रको एउटा अध्ययन्को बिषय बनाउने बताउनुभयो । 
भ्रमण वर्ष २०२० र घुम्न जाउँ तुलसीपुर अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले भोटे मेलालाई पुर्नजागरण गर्नका निम्ती वार्षिक कार्यसुचीमा राखेको पनि जानकारी दिनुभयो । त्यसअबसरमा स्थानीय घोडा व्यवसायीका घोडाहरू बीचमा दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम,द्धतिय र तृतिय हुने विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । 
त्यस्तै मेलाको पहिलो दिन कृष्ण रेउले,देबेन्द्र बस्नेत,प्रेम विवश घर्ति,नविन वलि र एचआर मगर लगाएतका कलाकारहरुले प्रस्तुती राख्नुभएको थियो । 
सो अवसरमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन दिपक कुमाल र सन्तोष केसीले गर्नुभएको थियो । मेलाको भोली शनिवार समापन गरिने छ । 
 

प्रतिकृया दिनुहोस