बेनु अधिकारी र रोहित सुबेदिको माया पिरिम बजारमा (भिडियो सहित)

राजन के.सी./ 076 फाल्गुन,३ दाङ। चर्चित गायक तिलक बस्नेत र गायिका मोलिषा आले मगरको ”माया पिरिम साटौला डाडै काटौला” बोलको गितको म्युजीक भिडियो सार्बजनिक भएको छ। बेनु अधिकारी र रोहित सुबेदिको शब्द रहेको गितमा गाएक बस्नेतले आफै संगीत भरेका छन । भिडियोमा अहिलेको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार हरिस निरौला (कक्रोज) र एलिसा राईको अभिनय रहेको छ।

राजिब समरले निर्देशन गरेको उक्त गितको म्युजीक भिडियो ‘8K एभरेस्ट मोसन पिक्चर’ प्रा.ली.ले बजारमा ल्याएको छ। मनोज बस्नेतको निर्माण,कमल सौरागको एरेन्ज रहेको गितलाई राम कुमार के.सी.ले छायांकन गरेका छन। गाएक बस्नेत र गायिका आलेको यो भन्दा अगाडि ”माया पिरतिमा बैना मार्दिउकी, ”रनभुल,जस्ता हिट गित बजारमा आइसकेका छन । बेनु अधिकारी र रोहित सुबेदिको सहकार्य रहेको गित अब छिट्टै बजारमा आउने उनले बताए ।

 

प्रतिकृया दिनुहोस