एक्स्पो २०२० लाई सफल पार्नको लागि युवाहरु संग बैठक सम्पन्न

दाङ , ३ फागुन ।
यहि फाल्गुन १०,११ र १२ गते दाङको बेलझुण्डि रंगशालामा हुने  प्रदेश एक्स्पो २०२० लाई सफल पार्नको लागि युवाहरु संग बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्र नेपालीको सयोजकत्वमा जिल्ला युवा समिति दाङ, प्रदेश युवा संजालका प्रतिनिधि, नमुना युवा संसद तुलसीपुर र दंगिशरण बिच बैठक सम्पन्न भएको हो  । 

बैठक बाट प्रदेश एक्स्पो २०२० लाई भब्य रुपमा सम्पन्न गर्न प्रचार प्रचारका लागि युवा संजाल प्रदेश नं ५ र नमुना युवा ससद परिचालन हुने, युवाहरुबाट भएका नयाँ उत्पादन र  प्रतिभाहरुलाइ राष्ट्रिय युवा परिषदद्वारा राख्ने  स्टल मार्फत प्रदर्शनीमा राख्ने, एक्स्पो उदघाटनमा ब्यानर र झाकी सहित धेरै भन्दा धेरै युवाहरुको र्यालिमा सहभागीता गराउने र यो प्रदर्शनी मेलामा सहभागी हुन सबैलाइ अपिल गर्ने निर्णय गरियको  जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेस रावतले जानकारी दिनुभएको छ । Image may contain: 1 person, sitting and indoorNo photo description available.

प्रतिकृया दिनुहोस