पितृ शोकमा परेका पत्रकार पौड्ेलको घरमा श्रद्धाञ्जली सभा

पत्रकार वसन्त पौडे्लका पीता स्वर्गीय चन्द्रलाल पौडेलको स्मृतीमा आज शनिबार श्रद्धाञ्जली सभा गरिएको छ ।
९ औं दिनको पुण्य तिथीमा नेपाल पत्रकार महासंघ दाङ,नेपाल प्रेस युनियन,प्रेस संगठन र प्रगतिशील पत्रकार संघको संयुक्त आयोजनमा उहाँको निवास तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ हलवारमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
महाँसंघ दाङका सचिव भुपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पौडे्लको निधनले गाँउ सिङगो समाज साथै पत्रकारिता क्षेत्रले एउटा अविभावक गुमाएको वताएका थिए । 
कार्यक्रममा नेपाल पत्रकार महाँसंघ दाङका सल्लाहकार दुर्गालाल केसी,नेपाल प्रेस युनियनका नि ः वर्तमान अध्यक्ष सुशील वस्नेत, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य टिका वस्नेत,रेडियो हाम्रो पहुँच सञ्चालक समितिका अध्यक्ष शुक्रराज भण्डारी लगाएतकाले वोल्नुभएको थियो । 
कार्यक्रममा परिवारको तर्फबट धन्यवाद ज्ञापन स्वर्र्गीय पौडे्लका कान्छा छोरा वसन्त पौडेल र सहजिकरण नेपाल पत्रकार महाँसंघका सह सचिव गोकर्ण पौडेलले गर्नुभएको थियो । तुलसिपुर उपमहाँनगरपालिका ४ हलवार निवासी पौडेलको ७० वर्षको उमेरमा माघ १० गते निधन भएको थियो ।

प्रतिकृया दिनुहोस