जनप्रतिनिधि र शिक्षकको सहयोग बिना हात्तिपाईले रोग निको पार्न सकिदैन् ः स्वास्थ्यकर्मी

हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियानमा समाजका अगुवाहरुले प्रभाबकारि सहयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् । हात्तिपाईले रोग बिरुद्ध औषधि सेवन कार्यक्रममा पालिकाका स्तरिय योजना तर्जूमा तथा बहुनिकाय गोष्ठिमा सहभागि आज शनिबार तुलसीपुुर उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य चौकि र शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले जनप्रतिनिधि र शिक्षकले पूर्ण रुपमा सहयोग गर्न सके लक्ष्य पुरा हुने बताएका छन् ।
दाङमा यही माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाईदैछ ।
२५ गते केन्द्रमा, २६, २७, २८, २९ र फागुन १ गते घरदैलोमा र २ गते देखी १४ गते सम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने भएको छ । लामखुट्टेको टोकाईबाट हात्तिपाईले लाग्ने रोग हो । 
दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने योजना रहेको छ । 
तुलसीपुर उपमहानगरपालिका १ लाख ४८ हजार ८ सय ३६ जनालाई औषधि खुवाईने छ । त्यसका लागि ४ सय ९६ जना स्वास्थ्यकर्मी र २ सय १८ जना महिला स्वयमसेविकालाई खटाईने छ । एक जना स्वास्थ्यकर्मीले २ सय ५० जनालाई हात्तिपाईले बिरुद्धको औषधि खुवानुपर्ने छ । प्रत्येक वडामा ४ वटा बुथ औषधि खुवाउनका लागि बनाईने छ ।
सन् २०११ देखि शूरु भएको यो अभियान दाङ लगायत १३ जिल्लामा प्रभाबकारि हुन नसक्दा पुनह थप गरिएको छ । अरुलाई यो औषधी खान सुझाव दिने स्वयम जनप्रतिनिधि,शिक्षक लगायत समाजका अगुवाहरुले भने आफुले बिभिन्न बाहना गरि नखाने गर्दा अभियान प्रभाबकारि हुन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे । जानेबुझेको, शिक्षित वर्गले नै खान हुनेमा शंका गर्छ, जसलाई लाल बुझक्कड बन्न सकिन्छ स्वास्थ्यकर्मी बसन्त आचार्यले बताउनुभयो ।
यो औषधि लगातार खाएको ६ बर्षमा हात्तीपाईले रोग बिरुद्धको औषधी सेवनले यसको संक्रमणको जोखिम हट्ने भए पनि सबैले औषधी नखाईदिदा दाङमा निर्धारित समय भन्दा ५ बर्षपछि धकेलिएको छ । सरकारले दाङमा यसबर्ष पनि १० औँ चरणको औषधी सेवन कार्यक्रम सञ्चालन गर्दैछ । यस बर्ष खुवाए सँगै अर्को बर्षमा पनि औषधी खुवाउनु पर्ने अबस्था रहेको छ । 
सबै नागरिकहरुलाई औषधी खुवाएर ४ बर्ष अघि नै हात्तिपाईले रोगको संक्रमण शून्यतामा झार्ने अभियान औषधी नखाईदिदा प्रभावित भएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ओम पि न्यौपानेले   बताउनुभयो । 
त्यसैले स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको सहभागितामा बहु निकायको गोष्ठि सञ्चालन गरिएको जानकारी दिनुभयो ।
गएको बर्ष दाङमा ५८ प्रतिशत मानिसले मात्रै औषधी सेवन गरेपछि अभियानलाई लम्व्याउनु परेको जनस्वास्थ्य कार्यालय दाङले बताएको छ । 
२ वर्ष मुनिका वालवालिका, गर्भवती महिला, ७ दिनको सुत्केरी महिला, सिकिस्त विरामी तथा  दिर्घरोगीहरु वाहेक  सवैले यो औषधि सेवन गर्नै पर्छ स्वास्थ्य शाखाका बिमल केसीले बताउनुभयो ।
हात्तिपाईलेका कारण दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्नीएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्नीएका १६ गरि २ हजार ५६ जनामा संक्रमण रहेको उहाले बताउनुभयो । हिजो शुक्रबार जनस्वास्थ्य कार्यालय दाङले घोराहीमा यहि अभियानका बारेमा जानकारि दिने उदेश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

प्रतिकृया दिनुहोस